विप्लव काफ्ले/ कायाकैरन
भरतपुर ,७ भदौ ।‘यौनजन्य हिंसाविरुद्धको साझा अभियान’ मार्फत सचेतनामूलक कार्यक्रम गरिने भएको छ । महिला तथा बालबालिकाको क्षेत्रमा जिल्लामा क्रियाशील २५ संस्थाले संयुक्तरुपमा प्रतिकारात्मक अभियानको तयारी गरेका छन् ।
साउन ३० गते दिउँसो म्याजिक चढेकी १७ वर्षीय बालिकालाई झुक्याएर भरतपुरस्थित एक मिनरल वाटर कम्पनीमा राति ५ जनाले सामुहिक बलात्कार गरे । यस्तै माडी–३ मा मोटरसाईकलमा साँझ घर पु¥याइदिन्छु भन्दै दुई जनाले सामुहिक बलात्कार गरे । आरोपीलाई प्रहरीले उजुरीका आधारमा पक्राउ गरिसकेको छ ।
यस्तै कञ्चनपुरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भयो । केही महिनायता बलात्कारका घटना उजागर हुन थालेका छन् । मदिरा, लागूऔषध प्रयोकर्ताबाट र सामाजिक सञ्जालको दुरुपयोग नै बलात्कारको प्रमुख कारण बन्ने गरेका छन् । “३ वर्षीया बालिकादेखि ८२ वर्षकी वृद्धासमेत बलात्कारमा परेका छन्”, अभियानकी संयोजक मीना खरेलले भनिन्, “महिला तथा बालबालिका सुरक्षा आवश्यक छ, त्यसैले ऐक्यबद्ध भएर अभियान चलाउँदै छौँ ।” भदौ ८ गते देखि अभियान औपचारिकरुपमा सुरु हुने उनले बताइन् ।
“चितवनसहितका अन्य जिल्लामा पनि हृदयविदारक घटना भएका छन्”, उनले भनिन्, “दोषीलाई कानूनी दायरामा ल्याउन र यस्ता घटना हुन नदिन जिल्लाव्यापी सचेनामूलक कार्यक्रम गर्नेछौँ ।” उनका अनुसार भदौ ८ गते भरतपुरस्थित भाटभटेनी अगाडि भेला भएर भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइने छ । ज्ञापनपत्र बुझाउनुअघि विरोध ¥याली निकालिने छ । यौन हिंसाविरुद्धका प्लेकार्डसहित मौन ¥याली निकाल्ने तयारी छ ।
यस्तै ९ गते सामथ्र्य नेपालको आह्वानमा निस्कन लागेको विद्यार्थीको प्रभातफेरिमा समेत सहभागिता जनाउने छन् । घटनाको सत्य तथ्यमा आधरित सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गराउन अभियानले सघाउने बताइन् । अभियानका सहसंयोजक संगीता भट्टराईले पीडितलाई न्याय लिन सहज हुने गरी हेल्प डेस्क सञ्चालन गर्ने तयारी गरेको बताइन् ।
“कानूनी परामर्श दिने, जाहेरी दरखास्त दिन सहयोग गर्ने गरी डेस्क बनाउन लागेका छौँ”, उनले भनिन्, “कानूनी प्रक्रियाबारे नबुझ्दा कयौं यस्ता घटना लुकेका छन्, सबैलाई न्याय दिन डेस्कले सहजीकरण गर्नेछ ।” अभियानले चितवनका ७ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई यौनजन्य हिंसा रोक्न ऐक्यबद्धतासहितको छलफल कार्यक्रम गर्ने छ । यस्तै चितवनका प्रदेश तथा संघीय सांसद्बीच अन्तरक्रिया कार्यक्रममार्फत ऐन कानून कार्यान्वयनलाई रचनात्मक र सृजनात्मक बनाउन सुझाव दिइने जनाइएको छ ।
विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम गरिने बताइएको छ । अभियानका लागि संस्थागत दुई हजार र व्यक्तिगत एक हजार रुपैयाँका दरले रकम संकलन गरिएको छ । ‘हिंसा गर्दिनँ, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्छु’ भन्ने नारासहित बलात्कारविरुद्ध चितवनका संघसंस्थाहरुले अभियान गर्न लागेका हुन् ।
जबरजस्ती करणीका उजुरी धेरै
चितवनमा जबरजस्ती करणी (बलात्कार) विरुद्धका उजुरी बढ्न थालेका छन् । चालु आर्थिक वर्षमा ११ वटा उजुरी पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा गरेका छन् । गत आर्थिक वर्ष २०७४÷७५ मा ६६ उजुरी परेका थिए । जसमध्ये बलात्कारका ४५ र बलात्कार प्रयासका २१ उजुरी परे ।
यस्तै आर्थिक वर्ष २०७३÷७४ मा ५५ उजुरी परे । जसमा बलात्कारका ३० र बलात्कार प्रयासका २५ उजुरी परे । “उजुरी नगर्ने धेरै छन्, सचेत परिवार नै उजुरी दिन मान्दैनन्”, महिला अधिकारकर्मी मीना खरेल भन्छिन्, “बालिका तथा महिलाको भविष्य जोखिमपूर्ण हुने ठानेर उजुरी नदिएको अवस्था छ, केही घटनामा मेलमिलापसमेत भएको अवस्था छ । कानूनी प्रक्रियाबाटै न्याय लिनेको संख्या धेरै कम छ ।” उनले जबरजस्ती करणीका घटना बढ्दै जादा सामाजिक संस्था टुलुटु हेरेर बस्न नसक्ने भएकाले घटना विरुद्ध अभियान चलाउन लागिएको बताइन् । “न्याय पाइसकेपनि समाजले स्वीकार्छ की स्वीकार्दैन भन्ने मानसिकता धेरैमा छ”, उनले भनिन्, “यो सोच बदल्नु जरुरी छ । घटना हुन नदिन जागरुकता र प्रतिकार गर्न सक्ने समूदाय बनाउनु जरुरी छ ।” यौनजन्य हिंसाविरुद्ध बोल्ने, न्याय खोज्ने बनाउन सामाजिक संस्थाले एक्यवद्ध बनेर अभियान चलाउन लागेको उनले बताइन् ।