माडी,६ भदौ ।ज्येष्ठ नागरिकलाई माडीभित्रको यातायात साधनमा यात्रा गर्दा भाडा नलाग्ने भएको छ । माडी नगरपालिका कार्यालय र यातायात व्यवसायीबीच भाडा निःशुल्क गर्ने सहमति भएको छ ।
सहमतिअनुसार यातायात सेवालाई मर्यादित र सम्मानित बनाउनका लागि चालक, सहचालक तथा कर्मचारीको यात्रुसँगको व्यवहार सभ्य बनाउने, आरक्षण सीट र विद्यार्थीका लागि छुट व्यवस्था कडाइका साथ लागू गर्ने, सवारीसाधनको टाइम फ्रेम तोकी सवारीसाधनको नियमितता लागू गर्ने, माडीभित्र चल्ने सवारीसाधनलाई माडी नगरपालिकाको कर दायरामा समावेश गरी व्यवस्थित गर्नेलगायत विषय रहेको सूचना अधिकृत प्रवीण भण्डारीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख ठाकुरप्रसाद ढकालले माडी नगरपालिकाभित्र सञ्चालन हुने सवारीसाधन अनिवार्यरुपमा माडी नगरपालिकामा दर्ता गर्न यातायात व्यवसायीलाई आग्रह गरे । नगरपालिकाभित्र बस थप्न नगरपालिकाको स्वीकृति अनिवार्यरुपमा लिनुपर्ने, वैज्ञानिक र व्यवहारिक भाडादर कायम गर्न छलफलको माध्यमबाट समाधान गर्नुपर्ने विषयमा जोड दिए । कार्यक्रममा बोल्दै व्यवसायीले नगरपालिकाको करको दायरामा छिर्न चाहेको बताए । नगर उपप्रमुख ताराकुमारी काजी महतोले यातायात व्यवसायी विशेषगरी कर्मचारीले यात्रुसँग सम्मानजनक व्यवहार गर्न निर्देशन दिइन् ।
माडीभित्रको यातायात साधनमा ज्येष्ठ नागरिकलाई भाडा नलाग्ने
माडीभित्रको यातायात साधनमा ज्येष्ठ नागरिकलाई भाडा नलाग्ने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस