चितवन, भदौं ५–
ग्रेस इन्टरनेशनल चितवनले शैक्षिक मेला गर्ने भएको छ । देशका विभिन्न स्थानहरुमा हुन लागेको मेला चितवनमा पनि हुन लागेको हो । चितवनमा यही भदौं १४ गते (३० अगष्ट)मा वृहत अष्ट्रेलियन शैक्षिक मेला आयोजना हुन लागेको हो ।
भरतपुरस्थित गार्डेन रिसोर्टमा हुने मेलामा २० वटा भन्दा बढि अष्ट्रेलियन कलेज तथा युनिभर्सिटिहरुको उपस्थिति रहने ग्रेस इन्टरनेशनल नारायणगढका प्रवन्ध निर्देशक गणेश लामिछानेले जानकारी दिए । उनका अुसार विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मेला संचालन हुनेछ ।
मेलामा विद्यार्थीहरुले कलेज तथा युनिभर्सिटिहरुका प्रतिनिधिहरुसंग फेस टु फेस अष्ट्रेलियाको शिक्षा बारे जानकारी लिन सक्ने लामिछानेले बताए । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि यो मेला निकै फलदायी हुने प्रवन्ध निर्देशक लामिछानेको भनाई छ ।
कक्षा १२ उत्तीर्ण गरेका ब्याचलर मास्टर गर्न विदेश जाने योजना बनाइरहेका विद्यार्थीलाई अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा ग्रेस इन्टरनेशनलका मान्यता प्राप्त अनुभवी शैक्षिक परामर्शदातृहरुद्वारा करियर काउन्सेलिङसँगै एब्रोड स्टडीका विविध विषयमा परामर्श दिन यो शैक्षिक मेला आयोजना गरिएको हो ।
यस पटकको शैक्षिक मेलालाई प्रविधिमैत्री बनाउदै, पेपरको प्रयोगमा कमि ल्याउने छ । साथै विद्यार्थीलाई एब्रोड स्टडीका विषयमा प्रष्ट रुपमा बुझाउन डिजिटल प्रविधिको प्रयोग, शैक्षिक छात्रवृति, मेला स्थल मै भर्ना, विभिन्न बैंकहरुले दिने शैक्षिक ऋण, सिपसंगै, नेतृत्व विकाश सम्बन्धि कार्यशाला यस पटक शैक्षिक मेलाको विशेष आकर्षणको रूपमा रहने ग्रेस पर्सा शाखाका म्यानेजर निर्मल उप्रेतीले जानकारी दिए ।
यस्तै मेलामा सहभागि हुने विद्यार्थीहरुलाई ग्रेसले कार्ड उपलब्ध गराउने भएको छ । सो कार्ड लिएर ग्रेसमा वा अन्य ट्रेनिङ, सपिङ सेन्टरलगायतमा जाँदा छुटको व्यवस्था गरेको छ । यस्तै विद्यार्थीहरुलाई विभिन्न उपहारको व्यवस्था पनि गरेको छ ।
ग्रेस इन्टरनेशनलले बुटवलदेखि मेलाको सुरुवात गर्न लागेको हो । अगष्ट २९ (भदौं १३ मा बुटवल, भदौं १४ मा चितवन, भदौं १५ मा पोखरा र भदौं १७ मा काठमाडौंमा मेला हुन लागेको हो ।
सन् २००६ मा स्थापना भएको ग्रेसले अष्ट्रेलिया जाने विद्यार्थीलाई सेवा प्रदान गर्दै आइरहेको छ यसका लागि नेपालको काठमाडौं, चितवन, नेपालगञ्ज, पोखरा, बुटवलबाट सेवा प्रदान गर्दै आइरहेको छ भने, अष्ट्रेलियाको सिड्नी र मेलबर्नमा समेत शाखा रहेको छ ।