४ भदौ ।
लायन्स क्लब अफ चितवन चौतारी लगायत ९ वटा लायन्स क्लबहरुले आज शहिदचोक नारायणगढमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा १३ महिला र ५४ पुरुष गरी कुल ६७ जनाले रक्तदान गरेका थिए । मानविय सेवाका धेरै कार्यक्रम गर्ने लायन्स क्लबले रक्तदान कार्यक्रमलाई पनि निरन्तरता दिएकोमा कार्यक्रमका प्रमुख अतिथी रहेका भरतपुर महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष चन्द्रमित्र पंण्डितले आयोजकलाई धन्यवाद दिदै यस्ता कार्यक्रममा वडा कार्यालयले पनि सहयोग गर्ने बताएका थिए । कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि टु का पुर्व गर्भनर लायन राजकुमार श्रेष्ठले मानविय सेवाका काममा जुटन उपस्थित लायन्सकर्मीहरुलाई अनुरोध गरेका थिए ।
रक्तदान कार्यक्रम लायन्स क्लब अफ भरतपुर युथ, लायन्स क्लब अफ भरतपुर उज्यालो, लायन्स क्लब अफ चितवन फुलवारी, लायन्स क्लब अफ कृष्णपुर , लायन्स क्लब अफ बैदिकनगर , लायन्स क्लब अफ दिब्यनगर , लायन्स क्लब अफ भरतपुर चौतारी, लायन्स क्लब अफ भरतपुर र लायन्स क्लब अफ चितवन चौतारीको सयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा शान्ति अस्पताल प्रा.लि.ले प्राबिधिक सहयोग गरेको थियो । कार्यक्रमा पुर्व गर्भनर लायन धनश्याम भट्टराई, चिफ डिष्ट्रिक एडभाईजर रामप्रसाद भट्ट लगायतका लायन्सकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम लायन्स क्लब अफ भरतपुर युथका अध्यक्ष भक्तीराम भुषलको सभापतित्वमा सम्पन्न भएको थियो ।