१२ जेठ । देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा एमालेका मानबहादुर जिसी निर्वाचित भएका छन् । उनले कांग्रेसका रामजी कुँवरलाई करिब १४ हजार मतअन्तरमा पराजित गरेका हुन् ।
उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ निर्वाचित भएकी छन् । यो जितसँगै एमालेले महानगरमा पनि खाता खोलेको छ । पोखरामा कांग्रेस–माओवादी केन्द्र गठबन्धन थियो । तर, माओवादी केन्द्रले सहयोग नगरेको भन्दै कांग्रेस कार्यकर्ता रुष्ट छन् ।