गैँडाकोट १२ जेठ ।
गैँडाकोट १ को व्रिटिसक्याम्प नजीकै फोटो खिच्न जाँदा नारायणी नदीमा बेपत्ता गैँडाकोटका दुई युवाको शव फेला परेको छ । खोजीका लागी मुग्लीनबाट ईन्स्पेक्टर जगदिश हमालको नेतृत्वमा आएकोे गोताखोरको टोली, र प्रहरीको टोलीले शव फेला पारेको हो । बिहिबार दिउँसो साढे तिन बजेबाट बेपत्ता उनीहरुको शव शुक्रबार विहान ९ बजेतिर खसेकै स्थानमा नदीमा शव फेला परेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
बिहिबार दिउँसो साथीहरुसंग बृटिश क्याम्प नजिकै पौडी खेल्न गएका गैँडाकोट २ का आशिष श्रेष्ठ र गैडाकोट ८ का भुपेन्द्र केसी नदी किनारमा फोटो खिच्ने क्रममा नदीमा खसेका थिए । अहिले दुवैको शव मुचुल्का गरी पोष्ट मार्टमका लागी भरतपुर अस्पताल पठाईदैछ । शब आजै पोष्टमार्टम गरी परिवारलाई बुझाईने प्रहरी निरीक्षक हमालले जानकारी दिनुभयो ।