रत्ननगर, २७ साउन ।
रत्ननगर नगरपालिकाले टा“डीचोकमा आकासेपुल निर्माण गर्न माटो परीक्षण (सोयल टेष्ट) सुरु गरेको छ । पानी र जमिनको सतहको अध्ययन गरेर कति क्षमताको आकासेपुल निर्माण गर्न सकिन्छ भन्ने थाहा पाउन माटो परीक्षण सुरु गरिएको मेयर नारायण वनले जानकारी दिए ।
नगरवासीले गौरव गर्ने सक्ने गरी चितवनमै पहिलो पटक टा“डीचोकमा आकासेपुल निर्माण गर्न लागेको उनले बताए । नगरपालिकाले ७५ लाखको लगानीमा आकासेपुल निर्माण गर्न लागेको हो । त्यसका लागि प्रदेश सरकारले ३० लाख रुपैयाँ विनियोजन गरेको छ । आकासेपुल निर्माणको लागि लाग्ने बा“की रकम केही दातृ निकाय सहयोग लिने र नगरपालिकाले लगानी गर्ने योजना रहेको मेयर वनले बताए ।
डेढ महिनामा माटो परीक्षणको प्रतिवेदन आउने र त्यसपछि कुन प्रकारको आकासेपुल निर्माण गर्ने भन्ने टुंगो लाग्ने प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगानाले बताए । नगरपालिकाले आधुनिक आकासेपुल निर्माण गर्न लागेको उनले बताए । काठमाडौंमा अहिले रहेकाभन्दा बेग्लै आधुनिक आकासेपुल निर्माण गरिने उनले बताए । डेढ महिनामा माटो परीक्षणको प्रतिवेदन आउन र दुई महिनाभित्र पुल निर्माण सुरु हुने प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले बताए ।
नगरपालिकाले टा“डीचोकपछि चालु आर्थिक वर्षमै सौराहाचोमा पनि आकासेपुल निर्माण गर्नेछ । टा“डीचोक र सौराहाचोकमा एकैसाथ माटो परीक्षण सुरु गरिएको उपमेयर विमला दुवाडीले जानकारी दिइन् । नगरपालिकाले चालु आर्थिक वर्षमै प्रदेश सरकारको सहयोगमा चित्रसारीमा पर्यटकीय बसपार्क, टिकौलीमा गौशाला, रत्ननगर–९ मा होमस्टेसहितको इकोपार्क र कोल्ड स्टोर निर्माण सुरु गर्ने जनाएको छ ।
यसैबीच कार्यपालिकाको बैठकले सौराहाचोकमा निर्माण गरिएको बसपार्क एक हप्ताभित्र सञ्चालनमा ल्याउन, बुकलहरदेखि लौरीघोलसम्मको बजार क्षेत्रका पार्किङ निषेध घोषणा गरी सवारीसाधन व्यवस्थित गर्ने, सौराहाको फोहर व्यवस्थापनको लागि एउटा कार्यदल गठन गरेको प्रवक्ता सरस्वती लामाले जानकारी दिइन् ।
त्यसैगरी नगरपालिकाले स्वास्थ्य क्षेत्रअन्तर्गत ज्येष्ठ नागरिकलाई घर–घरमै पुगेर उपचार सुरु गर्ने तयारी गरेको छ । त्यसका लागि औषधि, स्वास्थ्य उपकरणसहित स्वास्थ्यकर्मी परिचालनको लागि आवश्यक तयारी गरिएको प्रवक्ता लामाले बताइन् ।