कायाकैरन दैनिकको ‘मेरो सिर्जना’ स्तम्भमा साउन महिनाको पाहुनाका रूपमा कवि टीका सापकोटालाई प्रस्तुत गरिएको छ ।
आज महिनाको अन्तिम शनिबार पनि हो । यस अर्थमा उनको अन्तिम श्रृंखला पनि आजै हो । हामीले उनको सिर्जनात्मक लेखनीलाई प्रस्तुत गर्ने क्रममा उनका केही कविता, गजल, सँगै संस्मरण र पुस्तक समीक्षा पनि प्रकाशित ग¥यौं । समकालीन नेपाली कविका रूपमा स्थापित सापकोटा कावासोती स्थित ज्ञानोदय माविमा अध्यापन गर्छिन् । फुर्सदको समयमा साहित्य सिर्जनामा रमाउने उनी कविता सँगसँगै गजल, गीत, मुक्तक, संस्मरण, निबन्ध, समालोचना लगायत साहित्यका बहुबिधामा कलम चलाउँछिन् । उनको तिम्रै पर्खाइमा (२०७३) नामक गजल संग्रह पनि प्रकाशित छ। मेरो सिर्जना स्तम्भमा साउन महिनाभरको सहकार्यका लागि विशेष आभार प्रकट गर्दछौं । आजको अन्तिम श्रृंखलामा उनीसँगको कुराकानी प्रस्तुत गरेका छौं ।
लेख्न बस्नु अगाडि बिषयबस्तु छनोट गरिसक्नु भएको हुन्छ कि कल्पनामा लेख्नुहुन्छ ?
म पेशाले शिक्षक हो । समाजलाई के शिक्षा दिने भन्ने बिषयमा म निकै गम्भीर छु । कल्पना गरेर वास्तबिक समाज नियाल्न सकिदैन त्यसैले हरेक बिषय मैले सोचेर र तथ्य सत्यको नजिक गएर बिषय छनौट गरेर मात्र लेख्न बस्छु । कल्पना त के लेख्ने र कसरी लेख्ने भनेर गर्नु स्वाभाबिक हो । हामी जस्तो व्यक्तिले कल्पना गरेर लेख्ने हो भने वास्तबिक समाज पछि पर्छ । त्यसैले हचुवामा भने लेख्दिन ।
कविता, निबन्ध, कथा के लेख्दा आनन्द आउ“छ तपाईंलाई ?
मलाई साहित्यका सबै विधा मन पर्छ । तर कथा लेखनमा भने बढी सन्तुष्टि लिने गर्छु ।
अध्यापन तथा लेखन क्षेत्रमा नआएको भए कहा“ हुनुहुन्थ्यो होला अहिले ?
म शायद कुसल राजनैतिक नेतृ हुन्थे ।
साहित्य लेखन मार्फत राजनीतिक टिप्पणी गर्नु कति उपयुक्त हो ?
साहित्य भनेको समाजको ऐना हो । साहित्य भन्दा पर न राज्य छ न त राजनीति नै । सही बिषयका पक्षमा साहित्यकार उभिनु त्यो राम्रो पक्ष हो ।तपाइले हेर्नु न विश्वको राजनैतिक उथलपुथलमा सन्तुलन ल्याउने काम साहित्यकारले नै गरेका छन् । चाहे त्यो कम्युनिष्ट होस् या प्रजातान्त्रिक आन्दोलन । यी दुबै राजनैतिक स्कुलिङ साहित्यकारहरुले नै गरेका छन् । यसो बिचार गर्नुस् त माहाभारत काव्य धार्मिक भनिए पनि त्यसमा राजनीति बढी छ नि । तर त्यो साहित्यकारको चतुर्याई होइन र?
अरुका सिर्जना कत्तिको पढ्ने गर्नुभएको छ ?
म पढ्छु । साथीहरुको सिफारिसमा त्यो किताव राम्रो छ भन्ने लागेमा तुरुन्तै किनेर पढ्छु । बजारमा आएका आख्यानहरु म प्राय खोजेर पढ्ने गर्छु ।
आ“फुलाई मन परेको लेखकको सिर्जनाको अभिव्यक्ति आफ्नो सिर्जनामा दिने चाहना हुन्छ कि नाई ?
त्यसो त मलाई धेरै लेखकको सिर्जना भित्रको अभिब्यक्ति मन पर्छ तर मन परेको भन्दैमा त्यही अभिव्यक्ति आफनो सिर्जनामा राख्न सक्दिन । मौलिकता बेग्लै कुरा हो ।
तपाईंको जीवनमा प्रभाव पारेका कोहि लेखक, कुनै कृती या कुनै अंश छन् ?
मलाई आख्यान निकै नै मन पर्छ । पछिल्लो पटक बजारमा आएको विवेक ओझाको ‘ऐलानी’ पुस्तकले निकै मन छोयो । विश्वका कति ठाउ“मा भोकमरी छ । गृहयुद्धले ग्रसित देशका जनताले खान नपाएर माटोका भरमा बा“चेका छन् । पुस्तकको यो अंश मेरो लागि निकै उत्कृष्ट छ –“भोकमा मानिस के बन्दैन ? बाठो मान्छे चोर बन्छ । बलियो मान्छे डाँका बन्छ , भोकमा हामी जस्तो मान्छे ओछ्यान बन्छौं । जसको शरीर पनि बिक्दैन उनीहरु भिखारी बन्छन् । जसले भिख माग्न सक्दैनन् उनीहरु भोकले नै मर्छन् । वास्तवमा जिन्दगी भोकले नै निर्धारण गर्दोरहेछ ।” यी वाक्य कति यथार्थ छन् होइन र ?
पठनयोग्य १० किताबको नाम दिनु प¥यो भने कुन कुन भन्नुहुन्छ ?
आमा, राधा, सुम्निमा ,नयाँ घर , माइतघर ,घामका पाइलाहरु ,अनिदो पहाडसंगै , सेतो धरती , ऐना र ऐलानी ।
समग्रमा नेपाली साहित्यमा महिला सर्जकको अवस्था कस्तो रहेको छ ?
नेपाली साहित्यमा महिला सर्जकहरु उदाउँदै छन् । पािरजातको तुलनामा आउन समय लाग्ला तर पनि लेखनमा पारिजातले जस्तै संघर्ष गरिरहेका महिला सर्जकहरु छन् ।
महिला स्रस्टालाई साहित्यमा लागेर हिंड्न के कस्ता चुनौती रहेका छन् ?
महिलाहरु इज्जत राख्ने र घर सम्हाल्ने जात हो भन्ने नेपाली समाजको बारेमा तपाईहरुलाई थाहै छ । महिलाहरुको लागि निश्चित सीमा तोकिएको हुन्छ त्यसैले पनि महिलालाई सहज छैन । जिम्मेवारी निभाउदा निभाउदा नै उनीहरु संकुचित स्थानबाट बाहिर निस्कन सकिरहेका हुदैनन् । समय र समाज केही त परिवर्तन भएको छ । महिलाहरु साहित्य क्षेत्रमा आफ्ना बिचार र गुनासो हतियार बनाएर बाहिर निस्किरहेका छन् । साहित्य र परिवार संगै लैजान गाह्रो त पक्कै हुन्छ ।
प्रेम किन संसारकै उत्कृष्ट भावनामा दरिएको होला ?
प्रेमले मानिस लगायत कुनै पनि सजीव प्राणीहरु बिच अटुट बन्धन कायम गर्छ । हत्या हिंसा जस्ता अपराध गर्नेलाई पनि कोमल बनाउने सामाथ्र्य राख्छ । प्रेमले नसुिध्रएको व्यक्ति अरुले सुिध्रदैन । एक महासन्तले भनेका छन्–मान्छे प्रेमका कारण जीबित रहन्छ अन्यथा त उसको जीवन अर्थहीन र बेकाम हुन्छ । मलाई लाग्छ पे्रम मानिसको जीवनमा छुट्टै उर्जा दिने एक अलौकिक शक्ति हो । त्यसैले पनि प्रेम संसारको उत्कृष्ट भावनामा दरिदै गएको छ ।
नवलपरासी क्षेत्रको साहित्यिक क्रियाकलाप लाई चितवन र रुपन्देहीस“ग तुलना गर्दा कस्तो पाउनु हुन्छ ?
मोफसलको राजधानीको रुपमा विकास भएको रुपन्देहीको साहित्य निकै मौलाउदो र बिशिष्ट छ । चितवनमा पनि साहित्यको स्तर रुपन्देहीको भन्दा कम छैन । नवलपरासीमा साहित्यको इतिहास हेर्दा लामो समयदेखि यस क्षेत्रमा साहित्यकारहरुले संर्घष गरेको देखिन्छ । गोबिन्दराज विनोदी, डा.नारायणप्रसाद खनाल ,कृण्णादेवी शर्मा श्रेष्ठ, दीपक सोती, भुपेन्द्र गण्डर्षी लगायतका अग्रजहरुकै कारण नवलपरासीको साहित्यिक गरिमा बढेको छ । केही समय अलि सुस्ताएझै लाग्ने साहित्यिक माहोल आजकल निकै फरक छ । मासिक रुपमा साधना संगम, सिर्जन साहित्य प्रतिष्ठानले कार्यक्रम गर्दै आईरहेका छन् । समकालीन नव सर्जकहरुले पनि उत्तिकै योगदान गरिरहेका छन् । नेपाली भाषा साहित्य संघ, नारी साहित्य समाज, त्रिवेणी साहित्य परिषद, नवलपरासी साहित्य परिषद, लुम्बिनी वाङ्मय प्रतिष्ठान, मध्यबिन्दु साहित्य प्रतिष्ठान, लक्ष्मी साहित्य प्रतिष्ठान लगायत दर्जनौँ सँस्थाहरुको सक्रियता बढिरहेको छ ।
अनि जिल्लामा महिला स्रस्टाहरुले साहित्य उत्थान र संरक्षणका लागि के के गरेका छन् ?
नारी साहित्य समाज नवलपरासी महिलाहरुको साहित्यिक संस्था हो । नारी साहित्य समाजले साहित्यकारको उत्साहको लागि वार्षिक रुपमा सम्मान कार्यक्रम गर्दै आइरहेको छ । महिला साहित्यकारहरु संगठित रुपमा नभए पनि साहित्य क्षेत्रको योगदानका लागि पुस्तक प्रकाशन, समीक्षा लेखन लगायत काममा लागिरहनुभएको छ । कृष्णादेवी शर्मा श्रेष्ठ लगायतका नारी हस्तिहरु साहित्यमा निरन्तर डटेर लागेका छन् ।
स्थानीय पत्रपत्रिका र एफएम रेडियोले साहित्यको संरक्षणमा कस्तो भूमिका खेलेका छन् ?
साहित्य संरक्षणमा एफएम रेडियो र पत्रपत्रिकाहरुले बिशेष भूमिका खेलेका छन् । तर साहित्य लेखनमा लाग्ने व्यक्तिलाई पारिश्रमिक भने दिने गरेका छैनन् । साहित्यकारको कविता छापिनुले मात्र साहित्य संरक्षण हँुदैन, कलमजीवी नि बाँच्न पर्ने हुनाले सम्मान स्वरुप पारिश्रमिक दिनु पर्ने देखिन्छ ।
नया“ पुस्ता सहित सबैलाई अन्तिममा के भन्नुहुन्छ ?
साहित्य मौलाउँदो रुपमा अगाडि बढिरहेको छ । गायन साहित्यमा नयाँ पुस्ताको निकै आर्कषण छ । साहित्यमा लाग्ने नयाँ पुस्तालाई निरन्तर लेखनमा लाग्न र समाजका समसामयिक बिषयलाई पनि महत्व दिन आग्रह गर्दछु । कथा उपन्यास, गजल सँगसँगै अन्य विधामा पनि लेखनलाई अगाडि बढाउन पर्छ भन्ने सुझावका साथ–साथै उत्तरोत्तर प्रगतिको शुभकामना पनि दिन चाहन्छु ।
प्रस्तुतिः लेखराम सापकोटा