२५ श्रावण ,
राप्ती नगरपालिका-५,भण्डारा,शिखर बस्ती स्थित
ॐ कारेश्वर शिवालय मन्दिरमा आज देखि महाशिव पुराण तथा बिराट ज्ञान महायज्ञ सुरु भयको छ ।
महायज्ञ भाद्र ४ गते सम्म चल्ने मन्दिर समितीका अध्यक्ष अग्निप्रसाद सिलवालले जानकारी दिय ।
कार्यक्रममा प्रमुख अतिथि देवघाटधाम स्थित गलेश्वर आश्रमका पीठाधिश अनन्तश्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिज्यु महाराजज्यु रहनु भएको थियो।
अठार पुराणका प्रखर बक्ता बाल ब्यास नारायण न्यौपानेज्यु प्रमुख बाचक रहनु भएको छ । सो समारोहमा राप्ती नगरपालिकाका मेयर प्रभा बराल,उप मेयर इमानसिङ लामा बिशिस्ट अतिथी रहनु भएको थियो। मन्दिर समितीका सदस्य तारकेश्वरनाथ सिंहले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको सो कार्यक्रममा वडा न. ५ र ६ का वडा अध्यक्ष मेनुका पाठक तथा जलु महतो थारु अतिथी रहनु भएको। साथै सो कार्यक्रममा मोहन ओली, महाप्रसाद सिलवाल,भरत पाठक,सीताराम बल,धर्मराज कंडेल नित्यराज पाठक,बलराम बर्तौला,अनिता मैनाली आदिको उपस्थिति रहेको थियो।