२३ साउन ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता, पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मा काठमाडौंबाट पक्राउ परेका छन् ।
विश्वकर्मालाई गएराति चाल्नाखेलबाट पक्राग रिएको, नेपाल प्रहरीका प्रवक्ता शैलेस थापाले जानकारी दिएका छन् । विश्वकर्मामाथि चन्दा संकलन तथा विष्फोट लगायतका घटना गराएको आरोप लाग्दै आएको थियो ।
तर, प्रहरी प्रवक्ता थापाले, उनीमाथि मुद्दा दाय गर्ने बेलामा मात्रै अभियोगबारे खुलाईने जवाफ दिएका छन् । २०६८ सालमा झलनाथ खनालको प्रधानमन्त्री कालमा विश्वकर्मा पर्यटन तथा नागरिक उड्ययन मन्त्री थिए ।
उनलाई महानगरीय प्रहरी परिसरमा राखिएको छ । विश्वकर्मासहित मनबहादुर श्रेष्ठ र हरिचन्द्र आचार्य ‘विमर्श’ पक्राउ परेका छन् । मंगलबार मात्रै नेकपाका केन्द्रीय नेता आजाद केसीलाई भक्तपुरको डेराबाटै पक्राउ गरिएको थियो ।