११ जेठ । भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर ह्वात्तै घट्दै गयको छ । भरतपुर वाड न १५ को मतगणना गरेर सक्दा यसअघि झण्डै ४ हजार पुगेको मतान्तर १२ सय ३५ मा झरेको छ । पछिल्लो विवरण अनुसार एमाले उमेद्बार देबी ज्ञवालीले ३२५०२ मत प्राप्त गरेका छन् । माओवादीकी रेणु दाहालले ३१२६७ मत ल्याएकी छिन् । १५ नम्बर वडामा देवीले १८ सय २० मत पाउदा रेणुले २३ सय ३४ मत पाईन । यस वडाको अध्यक्षमा नेपाली कांग्रेसका शम्भुबहादुर भण्डारी सहित चारै जना सदस्यहरुको पुरै प्यानल बिजयी भएको छ । यस वडामा कुल मतदाता ५५२२ रहेका थिए ।
उपमेयरमा कांग्रेसकी पार्वती शाहले ३४९२२ मत ल्याउनुभएको छ भने एमालेका दिव्या शर्माले २९३०६ मत ल्याउनुभएको छ ।
भरतपुरमा अब गन्न बाँकी मत
वडा नम्बर १६ ( ड्डाघारी,मंगलपुर वरपर)– -५७२३
वडा नम्बर १७( रामपुर गोब्रेनी वरपर) – ३०८७
वडा नम्बर १८ ( चनौली गुन्जनगर वरपर)। -३५६८
वडा नम्बर १९ ( गुन्जनगर/शारदानगरको बाकी) -२८६०
वडा नम्बर २० ( भिमनगर,दद्रेनी वरपर) – ३३०२
वडा नम्बर २१ ( पार्वतिपुर,मनिपुर वरपर)। – ३५६८
वडा नम्बर २२ ( धनौजी ,परमपोखरी वरपर) -२८५२
वडा नम्बर २३ (खड्गौली मधुपुरी ) – २९८९
वडा नम्बर २४ (केरुगां जगतपुर) -१७५९
गरी कुल गन्न बाकीँ – ( २९७०८ )
देबी र रेणुबीचको मतान्तर १२ सय ३५ मा झर्यो
देबी र रेणुबीचको मतान्तर १२ सय ३५ मा झर्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस