गैँडाकोट ११ जेठ ।
गैँडाकोट १ को नारायणी नदी किनारमा फोटो खिच्न तथा पौडी खेल्न गएका दुई युवा नदीमा बेपत्ता भएका छन् । दिउँसो साढे ३ बजेको समयमा नदीछेउ गएका गैडाकोट १ का आशिष श्रेष्ठ र गैडाकोट ८ का भुपेन्द्र केसी बेपत्ता भएको प्रहरीले जनाएको छ । अहिले वेपक्ता दुई युवकको खोजीकार्य जारी रहेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख सुवास हमालले जानकारी दिनुभएको छ । युवाहरु खसेको भनीएको स्थानमा पानी दबदबे रहेको कारण सोही स्थानमा खोजी तिव्र पारिएको छ । खोजीका लागी विपत्त व्यवस्थापनको टोली पनि खटिएको छ । ५ जना साथीहरु मिलेर गएकोमा दुई जना खसेको जानकारी २० मिनेटपछी प्रहरी समक्ष पुगेको थियो ।