१९ साउन ।
देशैभर महिला तथा बालबालिका लक्षित हिंसात्मक घटना बढ्दै गएपछि यसको नियन्त्रणमा चौतर्फी दवाव सृजना गर्न देशैभर हस्ताक्षर संकलन सुरु गरीएको छ । चितवनमा पनि हस्ताक्षर संकलन भइरहेको छ ।सामुदायीक सेवा केन्द्र नारायणगढ र सेभ द माइन्ड नेपालको अगुवाईमा सुरु गरीएको हस्ताक्षर संकलन अभियानमा अन्य सरोकारवालासंघसंस्थालाई पनि सम्मिलित गराउंदै हस्ताक्षर संकलन गरिने सामुदायीक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मिना खरेलले जानकारी दिएकीछिन् । देशभर सामुदायीक प्रहरीको इकाई सक्रिय रहेका सबै स्थानमा हस्ताक्षर संकलन भइरहेको खरेलले बताइन् ।महिला तथा बालबालिका माथी हुने यौन हिंसाका घटना निरुत्साहित गर्न कडा भन्दा कडा कानुन निर्माण गर्न र भएका कानुन अक्षरस कार्यान्वयमा ल्याउन दवाव दिने उद्धेश्यले सुरु गरीएको अभियानमा संख्यात्मक हस्ताक्षर भन्दा पनि प्रतिनिधमुलक हस्ताक्षर बढी महत्व राखिने उनले बताइन् ।
विशेषतः जनप्रतिनिधि,राजनितकि दल,सरकारी निकाय,नागरीक सरोकारवालालाई अभियानमा संलग्न गराउने गरी चितवनमा एक हप्तासम्म हस्ताक्षर संकलन गरिने खरेलले बताइन् ।देशभरको तत्थ्यांकलाई आधार मान्ने हो भने आर्थिक वर्ष ०५४÷५५ मा १८१ महिला माथी यौन हिंसा भएकोमा ०७४÷०७५ को जेठ मसान्त सम्म ११३६ महिलामाथी यौन हिंसा भएको घटना सार्वजनिक हुनु निकै भयानक रहेको खरेलले बताइन् ।।चितवनकै घटना मात्र हेर्दा पनि बालिका देखि वृद्धसम्म यौन हिंसामा परि प्रहरीमा उजुरी परेको अवस्थामा पनि सहमतीमा मुद्धा सकिने अवस्था धेरै रहेको उनले बताइन् । जिल्लामा आर्थिक बर्ष २०७३÷ ७४ मा जबरजस्ती करणी उद्योगमा २५ वटा मुद्धा दर्ता भएका छन् ।। जसमा २५ जनालाई नियन्त्रणमा लिइएको छ भने १ जना फरार छन् । यस्तै जवरजस्ती करणी तर्फ २९ वटा मुद्धा दर्ता भएकोमा ३५ जना पक्राउ परेका छन् भने २ जना फरार छन् । आर्थिक बर्ष २०७४र७५ मा जवरजस्ती करणी उद्योग तर्फ २३ मुद्धा दर्ता भएकोमा २१ जना पक्राउ परेका छन् भने २ जना फरार छन् । यस्तै जवरजस्ती करणी तर्फ ५५ मुद्धा दर्ता भएकोमा ५७ जनालाई पक्राउ गरिएको छ भने ९ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङकले देखाएको छ ।खरेलका अनुसार कतिपय घटना बाहिर आउंदा सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्था र समाज विद्रोहमा एकैसाथ उत्रीने तर मुद्धा अदालत सम्म पुग्दा साक्षी बस्न कोही तयार नहुने परिपाटीले नै पिडकलाई उन्मुक्ति दिइरहेको छ ।पछिल्लो समय प्रबिधिको दुरुपयोगककै कारण पनि बलात्कारका घटना बढेको हुन सक्ने सेभ द माइन्ड नेपाल चितवनकी अध्यक्ष प्रमिला भुषालको भनाई छ ।खुला रुपमा मदिराजन्य पदार्थ विक्रिी वितरण,बढ्दो वेरोजगारी र पारिवारिक विचलन मौलाउंदो अपराधको जड भएको उनले बताइने ।सामाजिक सचेतना र विद्यालय स्तरका बालिकाहरुलाई यौजन्य हिंसाबारे सचेतना अहिले मुख्य आवश्यक रहेको उनले जोड दिइन् । अभियानमा नारी अभ्यूदय, नारी उत्थान, आर्दश गृह,आर्दश नारी विकास केन्द्र, चेली नेपाल लगायत संस्थाले पनि समन्वय गरीसकेकाछन् भने चितवनमा सक्रिय अन्य संघसंस्था मार्फत पनि हस्ताक्षर संकलन गरिने सामुदायीक सेवा केन्द्र नारायणगढकी अध्यक्ष खरेलले बताइन् । अभियान चितवनमा एक सातासम्म चलाइन उनले बताइन् । महिला तथा बालबालिका माथि हुने सबैखाले यौन हिंसा बिरुद्ध हस्ताक्षर संकलन गरेपछि संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फ प्रधानमन्त्री र गृहमन्त्रीलाई पठाइने बताइएकोछ ।
महिला हिंसा नियन्त्रणमा दवाव सृजना गर्न हस्ताक्षर संकलन सुरु
महिला हिंसा नियन्त्रणमा दवाव सृजना गर्न हस्ताक्षर संकलन सुरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस