भरतपुर ११ जेठ
मनकामना अस्पताल प्रालि भरतपुरले आज विश्व थाईराईड दिवसको अवसरमा अन्तरकृयात्मक कार्यक्रम र थाईराईड परिक्षण गरेको छ । अस्पताल परिसरमा आयोजित कार्यक्रममा अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीले थाईराईड लाग्नुको कारण, लाग्न नदिन अपनाउन सकिने विधि र लागि सके पछि उपचार पद्धतिका वारेमा प्रकाश पार्नु भएको थियो ।
विरामि र सहभागिहरुले सोधेका जिज्ञासाको पनि अग्रहरीले जवाफ दिनु भएको थियो । कार्यक्रममा समयमानै उपचार हुन सके रोग निको हुने हुदाँ कुनै पनि लक्ष्यण देखिएमा तत्काल चिकित्सक संग परामर्श गर्न अस्पतालका अध्यक्ष प्रा.डा. अर्जुन श्रेष्ठले आग्रह गर्नु भयो । कार्यक्रममा ३ सय २६ जनाको थाईराईड परिक्षण गरिएको अस्पतालका संञ्चालक धु्रव काफ्लेले वताउनु भयो । उहाँका अनुसार थाईराईडका औषधि प्रयोग गरिरहेका र रोग नदेखिएका दुवैले स्वास्थ्य परिक्षण गराएका थिए ।
मनकामनामा थाईराईड सम्वन्धि अन्तरकृया र परिक्षण
मनकामनामा थाईराईड सम्वन्धि अन्तरकृया र परिक्षण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस