धु्रवराज खनाल , साउन १९ गते । सौराहाको राप्ती नदि किनार पर्यटकका लागि आकर्षक स्थान हो । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्धार त्यहीँ छ। राप्ती किनारमै रेष्टुरेन्टहरु छन् । जहाँ पर्यटकहरुको चहलपहल निकै हुने गर्छ । त्यहाँ पर्यटकहरु रमाउने पनि गर्छन् । निकुञ्जको मुख्यद्धार अनि रेष्टुरेन्ट भएर ओहोर दोहोर गर्ने बाटोको अवस्था भने विजोग छ । अन्र्तराष्ट्रियस्तरमै यहाँको अवस्थाबारे प्रचार हुने भएपनि यहाँको बाटोको अवस्थाले भने पर्यटक त नराम्रो सोच्छन नै । यस्तो बाटोको कारण आवतजावतमा समस्या पर्दै आएको छ । यो अवस्था वर्षेनी हुने गरेपनि गत वर्षको बाढीका कारण यहाँ
झनै समस्या भएको छ । पर्यटकको मुख्य चाप रहने राप्ती ड्याम साईड क्षेत्रको सडकमा पानी जम्दा विषेशत पर्यटकहरुलाई असहज हुदै आएको छ । पानी जम्ने बाटोको क्षेत्रफल थोरै भएपनि यस तर्फ सरोकारवालाको ध्यान जान सकेको देखिदैन् । बर्षेनी ड्याम साईडको सडक क्षेत्रमा पानी जमिरहदाँ सौराहा
आउने पर्यटकहरुले गर्दा सारा बिश्व सामु नराकारात्मक सन्देश जाने स्थानीय व्यवसायी रोशन कार्की वताउँछन् । यति थोरै क्षेत्रफलको बाटो मर्मतमा समेत ध्यान दिन सकेको अवस्था छैन् व्यवसायी कार्कीले भने – यस्तो अवस्थाले गर्दा यहाँको सन्देश कस्तो जान्छ भन्ने बारे कसैले सोचेको देखिदैन । निकुञ्ज
प्रवेश गर्नु पर्छ भने रत्ननगर ६ वडा अध्यक्ष लगायतका व्यवसायीको समेत रेष्टुरेन्टहरु यहाँ छन् । मुलुककै तेश्रो पर्यटक स्थल सौराहा, सौराहाको पनि मुख्य मुटु राप्ती ड्यामसाईट, जहाँ हजारौ आन्तिरक तथा बाह्य पर्यटकहरु आउने गर्र्दछन ।
सौराहा आईपुग्ने पर्यटनको मुख्य रोजाई रहेको यस ठँउमा
सडककोे असहजताका कारण पर्यटकहरु पानी जमेको सडकमा ओहोर दोहोर गर्नु पर्ने अवस्था छ भने कतिपय बीचबाटै बाट फर्कने गरेको नेचर गाईड सुजन पाण्डे वताउँछन् । यहाँको बाटोको अवस्था देखेर कतिपय पर्यटक घिन मान्छन्,कतिपय
बीच बाटैबाट फर्कन्छन् नेचर गाईड पाण्डेले भने । बार्षिक करिब २ लाख पर्यटकहरु आउने गरेको सौराहा क्षेत्रलाई स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिककाले पर्यटकको सङख्या बढाउने योजना बनाए पनि सौराहकै मुटुमा यो समस्या आउदा प्रश्न चिन्ह खडा भएको छ । चितवन निकुञ्जले राप्ती
नदिमा पानी कटान गर्न नदिएका कारण समस्या आएको तर मर्मतका लागि प्रयास भईरहेको रत्ननगर ६ का वडाध्यक्ष वलराम दाहालले वताए । एकातिर गिट्टी निकासी नहुँदा मर्मत हुन सकेको छैन्,अर्को तिर निकुञ्जले राप्तीमा पानी कटान गर्न दिदैन वडाध्यक्ष दाहालले भने बाटोको अवस्थाले हामीलाईनै चुनौती
दिएको छ,यसको समाधानका लागि हामी प्रयासरत छौ । ड्याम साईटबाट पर्यटकहरुले राष्ट्रिय निकुञ्जमा पाईने बिभिन्न जनावर, राप्ती नदी, सन सेट (सुर्य अस्ताएको) मनोरम दृष्य देख्दै राप्ती छेउमा रहेका बिभिन्न रेष्टुरेन्टमा बसेर बिभिन्न किसिमका परिकारको स्वाद लिनको निम्ति पर्यटकहरु आउने गर्दछन ।
सौराहामा आउने पर्यटकहरु सौराहामा रहेको थारु कल्चर हेर्न लालाहितसँगै हात्ती र जिप सफारी सँगै मनोरन्जन लिने गर्दछन । चितवन निकुञ्जमा पाईने दुर्लभ वन्यजन्तुकै कारण सौराहामा पर्यटन प्रर्वद्धन हुदै आएको छ । यहाँ पछिल्लो समय वाह्य भन्दा पनि आन्तरीक पर्यटकको संख्या वढ्दै गएको छ ।
निकुञ्जको मुख्यद्धारकै बाटो विजोग
निकुञ्जको मुख्यद्धारकै बाटो विजोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस