११ जेठ ।
सरकारले आर्थिक वर्ष २०७४,७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारको तर्फबट राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । सरकारले यो पटक कुनै नयाँ कार्यक्रम समावेश गरेका छैन ।
२०७४ साल चुनावी वर्ष भएको, अवको २० दिन पछि स्थानीय तहको निर्वाचन हुने भएकाले आचार संहिता लागू हुन लागेको र सरकार पनि कामचालउको हैसियतमा भएकाले सरकारले कुनै पनि नयाँ कार्यक्रम सार्वजनिक गरेन ।
तर दैनिक जनजिविकासँग जोडिएका र राष्ट्रिय गौरवका आभयोजनालाई भने निरन्तरता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
यस्ता छन् नीति तथा कार्यक्रममा समावेश गरिएका केही महत्वपूर्ण योजनाहरुः
-निर्माणाधिन राष्टिय गौरवका आयोजनालाई प्राथमिकताका साथ निरन्तरता दिइनेछ ।
-काठमाडौं निजगढ सुरुड मार्ग, हुलाकी मार्ग, मध्य पहाडि लोकमार्गलाई प्राथमिकता दिइनेछ ।
-विद्युत चुवाहत नियन्त्रण गरिनेछ ।
-उज्यालो नेपाल अभियानको प्रभावकारी कार्यान्वयन गरी विद्युत उत्पादनमा प्राथमिकता दिइनेछ ।
-१२ घण्टासम्म हुने लोडसेटिङ अन्त्य गरेपछि आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुरयाउने लक्ष्य लिइएको छ ।
-न्यायपालिकाको रणनीतिक कार्ययोजना कार्यान्वयन गरी सर्वोच्च अदालत लगायत न्यायीक निकायका फैसला कार्यान्वयन गरिनेछ ।
-नेपाल प्रहरीलाई संघीय ढाँचाअनुसार रुपान्तरण गरिनेछ ।
-वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाइनेछ ।
-भारत र चीनसँगको सम्बन्धलाई नेपालको राष्ट्रिय स्वार्थअनुकूल अगाडि बढाइनेछ ।
-गुणस्तरीय शिक्षामा पहुँच र्पुयाउन सामुदायिक -विद्यालयलाई नमूनाका रुपमा अगाडि बढाइनेछ ।
-नयाँ हवाइ रुट पहिचान गरी दुई देशीय सम्झौता गरिनेछ ।
-पशुपति र लुम्बिनीको विकासलाई प्राथमकिता दिइनेछ ।
-स्वच्छ खानेपानीमा नागरिकको पहुँच अभिवृद्धि गरिनेछ ।
-भूकम्पपछिको पुनर्निर्माण र नवनिर्माणलाई प्राथमिकता दिईनेछ ।
-खानेपानीको उत्पादन र वितरणमा स्थानीय तहलाई जिम्मेवार बनाइनेछ ।
-निशुल्क स्वास्थ्य सेवा दिइनेछ । आधारभूत स्वास्थ्य सेवालाई स्थानीय तहमा विस्तार गरिनेछ ।
-ठूला साना सबै दल मिलेमा आर्थिक सामाजिक रुपमातरण सहज हुनेछ ।
-संविधान कार्यान्वयन, नयाँ निर्माण र पुर्ननिर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद ।नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि राष्ट्रपति संसद भवनबाट बाहिरिएकी छिन् । उनलाई प्रधानमन्त्री र सभामुखले विदाई गरे । संसद -बैठक आधार घण्टाका लागि स्थगित भएको छ । तर दोस्रो बैठकमा भने अवरोध गर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चेतावनी दिएको छ । nepaliheadlines