२५ बैशाख ।
चार पार्टी एकीकरणपछि बनेको नेपाल लोकतान्त्रिक फोरम प्रचण्ड सरकारमा सरकारमा सहभागि भएको छ ।
मन्त्रीपरिषदमा प्रतिनिधित्व गर्ने उपप्रधान तथा स्थानीय विकास मन्त्री विजय गच्छदारहित तीन मन्त्रीले सोमबार साँझ सीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिए ।
नवनियुक्त मन्त्रीहरुले सपथ लिंदा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती सहभागि भए । गच्छदारले उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री, गोपाल दहितले भूमि–सुधार तथा व्यवस्था र जितेन्द्रनारायण देवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सपथ लिएका छन् । सपथ ग्रहणपछि मन्त्रीहरुले सोमबारै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।