भरतपुर, ११ साउन ।
पृथ्वीराजमार्गको चुम्लिङटार र फिस्लिङको बीचमा ट्रकसँग ठक्कर खाएर यात्रुबस त्रिशुलीमा खस्दा ६ जनाको ज्यान गएको छ । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभु ढकालले दिएको जानकारीअनुसार निधन हुनेमा दुई महिला, ३ पुरुष र एक बालक रहेको जानकारी दिए ।

भरतपुर मेडिकल कलेजमा उपचाररत घाइते
६ जनाको मृत्यु घटनास्थलमै भएको ढकालले कायाकैरनलाई जानकारी दिए । अहिले सबैको शव भरतपुर अस्पतालमा राखिएको छ । घटनास्थलबाट २२ जना घाइतेको उद्धार गरी भरतपुरतर्फ पठाइएको उनले जनाए ।

भरतपुर मेडिकल कलेजमा उपचाररत घाइते
काठमाडौंबाट आइरहेको ना.६ ख २५०६ नम्बरको बस खानीखोलाबाट धोएर सकडमा निकाल्दै गरेको ना. ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोकिएको थियो । मध्यान्ह १२ बजे ठोक्किएपछि बस करिब सय मिटर तल त्रिशुली नदी किनारमा खसेको हो ।

भरतपुर मेडिकल कलेजमा उपचाररत घाइते
बाँकी घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बसमा रहेका सबै यात्रुको उद्दार भइसकेको पनि प्रहरीले बताएको छ । घटनालगत्तै चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरी, नेपाल प्रहरी उद्दारमा खटिएका थिए ।
घटनास्थलमा रहेका उद्धारकर्ताका अनुसार बस खोँचमा अड्केका कारण नदीमा पुग्नबाट रोकिएको हो ।
फोटो : विनोदबाबु रिजाल