११ जेठ । भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर ह्वात्तै घट्दै गयको छ । भरतपुर वाड न १५ को ३५०० मत गन्दा यसअघि झण्डै ४ हजार पुगेको मतान्तर १४ सय ५३ मा झरेको छ । पछिल्लो विवरण अनुसार एमाले उमेद्बार देबी ज्ञवालीले ३१८६६ मत प्राप्त गरेका छन् । माओवादीकी रेणु दाहालले ३०४१३ मत ल्याएकी छिन् ।
उपमेयरमा कांग्रेसकी पार्वती शाहले ३३८७२ मत ल्याउनुभएको छ भने एमालेका दिव्या शर्माले २८८१६ मत ल्याउनुभएको छ ।
वडा न १५ मा कुल खसेको मत ५५२३ रहेको छ ।
अपडेट
भरतपुर-१५
वडा अध्यक्ष
रुख -१४६८
सुर्य -१०३८
हसियाँ/हताैडा-६३३
देवी र रेणुको तिव्र प्रतिस्पर्धा, मतान्तर १४ सय ५३ मा झर्यो
देवी र रेणुको तिव्र प्रतिस्पर्धा, मतान्तर १४ सय ५३ मा झर्यो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस