८ साउन, काठमाडौं । सरकार र अनसनरत डा . गोविन्द केसी पक्षबीच शिक्षा मन्त्रालयमा साँझ वार्ता हुँदैछ ।
नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसंग र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासहितको अनौपचारिक छलफलपछि दुवै पक्षबीच औपचारिक रुपमा वार्ता हुन लागेको हो । सो छलफलमा सरकारले संसदमा प्रस्तुत गर्न लागेको चिकित्सा शिक्षा विधेयक माथि छलफल भएको थियो ।
वार्तामा सरकारी तर्फबाट शिक्षा मन्त्रालयका सचिवसहितको पुरानै टिम रहेको छ भने डा । केसीको तर्फबाट डा । जीवन क्षेत्रको संयोजकत्वमा सुरेन्द्र भण्डा ।री, ओमप्रकाश अर्याल, अभिषेकराज सिंह र सुमित पाण्डे सहभागी हुनेछन् ।