११ जेठ । म्यानचेष्टर युनाइटेडले युरोपा लिगको उपाधी जितेको छ । इंग्लिस क्लब म्यानचेस्टरले डच क्लब अजाक्सलाई २(० गोल अन्तरले हराउँदै लिगको उपाधि चुमेको हो ।
जितसँगै म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिगको अघिल्लो संस्करणमा प्रवेश समेत गरेको छ । बुधबार राति म्यानयुलाई जित दिलाउन पल पोग्बाले १८ औँ र हेनरिख मिखितारियानले ४८ औँ मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिगमा यो सिजन म्यानयुले छैठौँ स्थानमा रहँदै लिग सकेको हो ।