रत्ननगर,५ साउन ।
रत्ननगर नगरपालिकाले राजस्वको दर अस्वभाविक रुपमा वढेको भनेर आएको हल्ला साँचो नभएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख नारायण वनले शुक्रबार एक विज्ञप्ती जारी गर्दै राजस्वको दर अस्वभाविक रुपमा वढेको भन्ने सामाजिक सञ्जालमा टिकाटिप्पणी आएको भन्दै त्यस्तो हल्लाको पछाडी नलाग्न नगरवासीहरुलाई आग्रह गरेका हुन् ।
अन्य स्थानीय तहको तुलनामा रत्ननगर नगरपालिकाको राजस्वको दर सन्तुलित रहेको समेत नगर प्रमुख वनले बताएका छन् । विज्ञप्तीमा आर्थिक बर्ष २०७५।०७६ को प्रस्तावित राजश्वको दायरा, दर निर्धारण गर्ने क्रममा राजश्व पहिचान समिति र राजश्व परामर्श समितिमा चितवन उद्योग संघ, रत्ननगर उद्योग वाणिज्य संघ, क्षेत्रीय होटल संघ सौराहा, क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एसोसियन सौराहा, मालपोत कार्यालयका प्रतिनिधि,प्राध्यापक,विषय विज्ञ सहितको सहभागितामा रुपमा छलफल गरीएको समेत जनाइएको छ ।