धनराज गिरी
आफ्नै जीवनलाई बहुआयामिकरूपमा अध्ययन अनुसन्धान गर्दै आफ्नै मनलाई छाम्दै २२ घण्टे रोमाञ्चकारी यात्रालाई सम्झिएर काम्दै क्याम्पसबाट सीताजीको काखमा फर्किएँ । क्याम्पसलाई बिर्सिन पनि गाह्रो, सम्झिएर पनि केही गर्न नसकिने । सबैको भलो होस्, आफ्नो हृदयको चाहना । मैले चाहेर मात्र के हुने ? तर यो सम्झिने मन छ…। आएँ घरमा, फेसबुक चलाएर थाकें र भुसुक्क निदाएँ ।
‘दाइ म आएँ’, एउटा प्रिय सन्देश आयो । लिएँ बाइक र लागें उत्तर । राम–भरत मिलन । छुट्टै संसार । माया नै माया । समय थियो । ‘भाइ, एक ठाउँमा जाने ?’, प्रस्ताव राखें । ‘कहाँ दाइ ?’, जिज्ञासा स्वाभाविक । ‘उनै भोलेनाथ, जसलाई भाइले मात्र होइन, भाइलाई सरसर्ती संसार घुमाउन यो दिव्यधाममा ल्याउने उनै परमपिताको पनि प्रिय पात्र, मेरा मेन्टर इमानका इमारतलाई सरप्राइज दिने है ।’ सहर्ष स्वीकार ।
लागियो भूमियानमा । पुगियो पूर्णधाम । आहा यस्तो पो श्रद्धा, यस्तो पो स्नेह । द्रोणार्जुन मिलन मेरा आँखा रसाए । पिताजीको नाममा साँझ बिहान आरती गर्दछु । भोलेनाथ बोले, हृदय खोले । आधा घन्टा बित्यो । एउटा योगीले संसार जित्यो । एउटा पवित्र योजना पूरा गर्ने दृढ प्रतिज्ञा गरेर विदा भयौं । अर्को दिन भव्य अनुष्ठान । त्यो पनि सम्पन्न भयो । आयो तेस्रो दिन । ‘दाइ, भोलि अर्को सरप्राइज’, नभन्दै गज्जब । सूर्य बाबु नै सारथी । भव्य म्यान, तीन ज्यान । प्रिय शशिधर बोले, ‘सर, म पनि जान मिल्छ नि !’ आहा कत्रो स्नेह । कस्तो चाहत । लागियो पश्चिम, न कवि, भन्न पनि भएन ।
कवि छन् तर डाँडा नास्ती । तैपनि कविडाँडा । सफल गृहिणी, पवित्र देवीको व्यवस्थापन । गृहप्रमुख प्रतापनारायण दिलवाले । ए दिल मिलेका मेला है । आधा घन्टामा पुगियो । अक्सिजनको ओभरडोज । हरियाली एउटा छुट्टै ठाम–साहित्यिक तीर्थधाम । इन्द्रमायाको देशमा, योगीको भेषमा, मायालु रेसमा, आहा आत्मीयता । दाताराम र प्रतापनारायणको वार्ता सुरु । उही मुहार पुस्तिका । समसामयिक घटनाहरु । कहिले पुगियो टीकापुर कहिले पुगियो इटहरी, कहिले पुगियो विवश नगरी बिराटनगर । नजानी–नजानी गयो जिन्दगानी ।
यो लाइन १२ वर्षअघि मैले लेखें, ‘तिमी चाँदनीमा नुहाएर आयौ ।’ निर्मोही दाजुले मात्र लेख्नुभएन, प्रिया बैनीले पनि लेखिन् । पहिला त्यस्तो केही भएन । न उल्लास, न प्रोल्लास । तर, यसपालि ? यस्तै हो संसार । दुबै याराको राय मिल्यो । पर्दा खस्यो । यसपछि अझै पश्चिम । २१ किलोमिटर यात्रा । कतै पिच रोड, कतै घिच रोड–नेपालीहरुको इमानदारीको तारिफमुक्त कण्ठले गरियो । म आज असल स्रोता बन्न भनेर कस्सिएर गएको थिएँ । आहा मेरो चितवन, प्यारो चितवन, उर्बर माटो, सललल बाटो, चनौली– पर्साढाप अभाव टाप । पुगियो मेघौली सेराइ, हाम्रो हेराइ । वैभवनगर आम्मा हो यो पनि एउटा दुनियाँ । झट्ट सम्झिएँ प्रिय कवि मविवि शाहलाई कोही धनी असाध्यै… भेट भए पविता, पवित्रा, विजय हामीलाई धेरै कुरा बताए । विनोद चौधरी अर्थात सिजी ग्रुप सदा बिजी ग्रुप । ताजको राज सुन्दर काज । सानो स्वर्ग !
म अर्थशास्त्रको विद्यार्थी । मेरा लागत वक्ताहरु, मेरा आम्दानी रेखाहरु यहाँ निकम्मा । छक्कमाथि छक्क । ‘भाइ, यो कुन संसारमा आइयो ?’, दातारामलाई म खातारामको प्रश्न । ‘दाइ, न कुरा अरम, लक्ष्मीनारायणहरु संसारमा धेरै छन्, सुदामाहरु बहुमतमा भए पनि । यता पानी, उता पानी बगिरहेकी राप्ती नानी । छोटे, फोटो–फोटो । ए बहकासिंह, फेरि भिडियो खिचेर नहाल नि ।’ प्रतापनारायणको नम्र निवेदन उच्च स्वरमा । बडे, यो छोटे अलिअलि मूर्ख त होला तर, त्यति धेरै मूर्ख नभएको कुरा सत्य हो । ‘दाइका कुरा र आमाले पकाएको कुराउनी उस्तै, भाउजूले हिजो खुवाएको दही जस्तै ।’ बोले दयासागर उर्फ दाताराम उत्तरआधुनिक राधेय । मेघौली सेराइलाई बाई बाई भन्दै अझ शान्त बन्दै लागियो पूर्व । बिस्तारै–बिस्तारै । ज्या ! अमृतनगर गएर स्नेहामृतपान गर्ने योजना बिर्सियो । गफैगफमा अनेक योजनामा एउटा स्नेह मिलन हुन पाएन यात्रा । बामनगरबाट रामनगरतिर । हरेक दिनसित रात जोडिएझैं मिलनसित वियोग जोडिन्छ नै । प्रतापनारायण आफ्नै निकेतनमा । अब यात्राले अलिकति अलिनो अनुभूत ग¥यो । बोल्ने पालो आयो मेरो । उता मातृत्व आफ्नो ठाउ“मा । ८४ वर्षमा एकलग कर्मयोग धान्न हिम्मत गर्ने माताश्रीको ममता शब्दातीत । एउटी अनुजाको सपना साकार गर्दै पुगियो गन्तव्यमा । भोजनपछि आराम ।
यता ‘टुकी’ बाल्नु थियो । शुक्रनगरमा जन्मिएका सपुतले शनिबार यो लहडीलाई कागती बनाएर निचोर्ने योजना बनाएका थिए । जीवन अपरिभाषित छ । हजार विकल्पहरु छन् । जीवन रमाइलो छ । दाइ, म निराश छैन । मलाई यही वाक्यले पछ्याउ“छ । ‘भाइ, म पनि आफूलाई खुसी राख्न सक्षम छु । मेरो जीवन एउटा चौतारी हो भने त्यो चौतारीमा झ्याम्म बरपिपल पाएको छु, यो बटुवा त्यै चौतारीमा आनन्दले निदाउ“छ । त्यही गुनगुनाउ“छ, त्यही जीवनको सारेगामा खोज्दछ । जीवनसित कुनै गुनासो छैन, म भाग्यमानी हु“, तिमी जस्तै ।’ ‘ए बुढा, ए बुढा, कति निदाएको ? आज मामाघरमा बिहेको भोज खान जाने होइन ?’ अघि छोरी ईशुको फोन आएको थियो, ‘अचेल कति अल्छि हुनु भएको ? गतिलो गजल लेख्ने पनि होइन । त्यही क्याम्पसको चिन्ता गरेर अनुहार कस्तो कस्तो बनाउने, मसित नबोल्ने । अरु आइमाईसित घण्टौं कुरा गर्ने । पख्नुहोस्, जीवा बाबु र एल.बी दाइ आउनुभएपछि मैले जानेकी छु ।’
‘उठ्नुहोस्…पानी ल्याएर…’ सीताजीको सुरिलो आवाजले बिउ“झायो । सपनामा कहा“ कहा“ पुगेछु । छोरा र बुहारी सोम र मनिषालाई गजल सुनाएर रमाइलो गर्दै रहेछु । उता माइजूले आ“प ल्याएर खान दिन लाग्नुभएछ । ‘सरसर्ती संसार’ सिरानी राखेर सुतेको थिएँ । सरसर्ती शाश्वतधाम पुगेछु । ‘बाबु पासपोर्ट…’ मीना भाउजूको मायुश अनुहार आ“खाभरि । स्पासिवा भाइ जीवा ।।