भरतपुर, जेठ १० गते ।
रोट¥याक्ट क्लब अफ नारायणगढको आयोजनमा तीन दिने दन्त शिविरको पहिलो दिन दन्त स्वास्थ्यबारे विद्यार्थीलाई अभिमुखिकरण दिइएको छ । भरतपुर स्थित नारायणी माविमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी सचेनामूलक कार्यक्रम गरिएको हो ।
रोट¥याक्ट क्लब अफ नारायणगढकी अध्यक्ष इशा प्रधानले दन्त स्वास्थ्यबारे जनचेतना फैलाउन कार्यक्रम गरिएको बताइन् । नारायणी माविमा दृष्टिविहिन विद्यार्थी समेत अध्ययनरत छन् । कार्यक्रममा रोटरी क्लब अफ मीडटाउनकी अध्यक्ष छायाँ श्रेष्ठ, नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान लगायतको समेत सहभागिता रहेको थियो । बिहीबार विद्यार्थीको दन्त परीक्षण गरिने कार्यक्रम संयोजक निशा श्रेष्ठले बताइन् । शिविर शुक्रबारसम्म चल्ने छ । टुथब्रुस लगायतका सरसफाईका सामाग्री समेत सहयोग गरिने जनाइएको छ । एड्भान्स सामुदायिक अस्पताल, कलेज अफ मेडीकल साइन्सेस भरतपुर, युवा रेडक्रस सर्कल कृषि तथा वन विश्वविद्यालयले कार्यक्रममा सहयोग गरेका छन् ।
रोट¥याक्टको दन्त शिविर
रोट¥याक्टको दन्त शिविर

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस