माडी,२३ असार ।
माडीमा विद्युत सेवा फेरी अवरुद्ध बनेको छ । चितवन राष्ट्रिय निकुञ्जमाखण्डको भूमिगत तार प्रणालीमा खराबी आएपछि फेरी सेवा अवरुद्ध बनेको हो । घैलाघारीको मर्मत लाइन छाडे पश्चात पुनःजंगलमा विछयाइएको वायरमा फल्ड देखा परेकाले माडीमा शुक्रबारदेखी विद्युत अवरुद्ध भएको हो । फल्ट इलोकेटर मेसिन काठमाण्डौमा रहेको र मेसिन आएपछि मात्रै मर्मतको काम सुरु गरिने विद्युत प्राधिकरण माडी शाखाका प्रमुख आनन्द कुँवरले बताए ।
असार ८ गतेदेखि अवरुद्ध रहेको विद्युत सेवा २० गते साझँ ४ बजेदेखी सुचारु गरिएको थियो । तर पुःन विद्युतमा फल्ट देखिएको कुवरले बताए । निकुञ्जमा थ्रि फेजमा २ ठाउमा र वाइफेजमा १ ठाउमा फल्ट देखिएको थियो । माडीको वैकल्पिक लाईनको व्यवस्था नगर्दासम्म यो समस्या बल्झिदै आएको छ । गतवर्ष पनि २७ दिनसम्म माडीमा विद्युत सेवा अवरुद्ध भएको थियो । वैकल्पिक विद्युतको व्यवस्था छिटो गर्न स्थानीय अगुवा ओमनाथ पाण्डले बताए ।