रत्ननगर,२२ असार ।
राप्ती नगरपालिका १ मा संचालित आईपिएम कृषक पाठशालाको विहीवार समापन गरिएको छ । वडा नम्वर १ लाई पूर्ण आईपिएम युक्त वडा बनाउने लक्ष्यका साथ आयोजित १६ हप्ते तालिमको एक कार्यक्रमकाबीच नगर प्रमुख प्रभा वरालको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।
७० जना कृषक सहभागी सो तालिममा नगरपालिकाका कृषि शाखा प्रमुख श्रीकृष्ण न्यौपाने, धर्मराज कँडेल, गीता वर्तौलाले सहजीकरण गरेका थिए । तालिम समापनका अवसरमा नगर प्रमुख बरालले विषादीरहित नगर बनाउनका लागि राप्ती १ बाट सुरु गरिएको अभियानलाई नगरका सबै वडामा सञ्चालन गर्ने बताइन् । वडाध्यक्ष सिद्धीलाल स्यानतानको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख बरालले रासायनिक विषादीका कारण मानिसले अकालमै ज्यान गुमाउनु परेको भन्दै वानस्पतिक विषादीको प्रयोग बढाउनु पर्नेमा जोड दिइन् । सोही अवसरमा वानस्पतिक विषादी बनाउनका लागि कृषकहरुलाई प्लास्टिकका ड्रम वितरण गरिएको थियो ।
पूर्ण आइपिएमयुक्त वडा घोषणाको तयारीका लागि घरघरमा वानस्पतिक विषादी वनाउन र खेती प्रविधिको तथ्यांक राख्न ड्रम र आईपिएम कृषक पुस्तिका वितरण गरिएको राप्ती नगरपालिकाका कृषि शाखा प्रमुख श्रीकृष्ण न्यौपानेले जानकारी दिए । न्यौपानेको अनुसार राप्ती १ लाई साउन चौथो साता भित्र पूर्ण आईपिएमयुक्त वडा घोषणा गरिने छ । राप्ती नगरपालिकाको वोर्ड वैठकले समेत नगरलाई विषादीरहित नगर बनाउने निर्णय गरिसकेको छ ।
आईपिएम कृषक पाठशाला तालिम सकियो
आईपिएम कृषक पाठशाला तालिम सकियो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस