खेलको ५१ औं मिनेटमा विलियनको सुन्दर पासमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । खेलको अन्तिम मिनेटतिर नेयमारकै पासमा परिवर्तित खेलाडी फिर्मिनोले गोल गर्दै ब्राजिलको जित र ब्राजिलको अन्तिम ८ मा स्थान सुनिश्चित गरे ।
ब्राजिल र मेक्सिकोले खेलभरी लगभग बराबर पोजेसन राखेका थिए, तर ब्राजिलको १० प्रहारको बदलामा मेक्सिकोले १ प्रहार मात्र पोस्टतिर गरेको थियो । ब्राजिल समूह ‘ई’ को विजेताका रुपमा अन्तिम १६ मा छनोट भएको हो भने मेक्सिको समूह ‘एफ’ को उपविजेता रहेको हो ।
अब ब्राजिलले बेल्जियम र जापानको विजेतासंग क्वाटरफाइनलमा भिड्नेछ । यस अघि उरुवे, फ्रान्स, रुस र क्रोएसिया अन्तिम ८ मा सफल भइसकेका छन् भने पोर्चुगल, अर्जेन्टिना, स्पेन र डेनमार्क बाहिरिएका छन् ।