काठमाडौं, बैशाख २५ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार बिस्तारको तयारी गरेका छन् । उनले विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागि गराउन लागेका हुन् ।
कमल थापाले राजिनामा दिएपछि राप्रपाले सम्हालिँदै आएको मन्त्रालय लिने गरी गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागि हुन् लागेको हो ।
स्रोतकाअनुसार गच्छदार उपप्रधान तथा स्थाथानीय एवं संघियमामीला मन्त्रालयको जिम्मेवारी लिने छन् । तीन राज्मन्त्रीसमेत पाउने गरी पार्टी सरकारमा जान लागेको हो ।
सरकारमा जाने बिषयमा गच्छदारले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेर बहादुरसँग पटक–पटक छलफल गर्दै आएका थिए ।
सरकारमा जाने बारेमा फोरम लोकतान्त्रिकको बैठकमा छलफल गर्ने हुने छ । सरकार र पार्टीबीच समझदारी भए नयाँ मन्त्रीहरूलाई आजै सपथ खुवाउने तयारी रहेको स्रोतले जनाएको छ ।