१० जेठ ।ललितपुर महानगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका चिरिबाबु महर्जन र गीता सत्याल निर्वाचित भएका छन् । मतदान भएको नौ दिनपछि अहिले केहीबेरअघि सम्पन्न मतगणनामा निकटतम प्रतिस्पर्धी उम्मेदवारहरूलाई हराउँदै कांग्रेस उम्मेदवार ललितपुर महानगरपालिकाको पहिलो मेयर र उपमेयरमा निर्वाचित भएका हुन् । मेयरको भिडन्त निकै रोचक रह्यो । मतगणनाको पहिलो दिनदेखि नै कडा प्रतिस्पर्धा देखिएको मेयरमा अन्ततः महर्जनले बाजी मारे । २४ हजार ६ सय ६६ मत ल्याएका महर्जनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई जम्मा ३६५ मतले पछाडि पारे । व्यञ्जनकारले २४ हजार तीन सय एक मत प्राप्त गरे । उपमेयरमा विजयी सत्यालले भने निकटतम प्रतिस्पर्धी साझा पार्टीकी शोभा शाक्यलाई चार हजार आठ सय तीन मतअन्तरले पराजित गरिन् । सत्यालले १९ हजार दुई सय ३६ ल्याइन् भने शाक्यले १४ हजार चार सय ३३ पाइन् ।
ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन निर्वाचित
ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन निर्वाचित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस