खोलेसिमल,१३ असार । चितवनको कालिका नगरपालिकास्थित शक्तिखोर क्षेत्रमा निर्माण हुने औद्योगिक क्षेत्रको निर्माणका लागि नगरपालिकाले पूर्णरुपमा सहयोग गर्ने कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले बताएका छन् ।
देशकै गौरवको आयोजना शक्तिखोरमा बन्न लागेकोमा खुसी व्यक्त गर्दै मेयर श्रेष्ठले औद्योगिक क्षेत्रका लागि चाहिने हरेक प्रकारको सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेकोसमेत उनले बताए । चितवन उद्योग संघको आयोजनामा कालिका इकाई समितिको प्रारम्भिक भेलाको अवसरमा मंगलबार आयोजित कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मेयर श्रेष्ठले नगरबासीले पनि सो क्षेत्रमा उद्योग खोल्न र लगानी गर्न उनले अनुरोध गरे । उद्योगबाट मात्र देश आत्मनिर्भर हुने भन्दै मेयर श्रेष्ठले समृद्धि मुलुक बनाउन सबैले योगदान गर्नुपर्ने समेत बताए ।
कालिकामा उद्योगीहरुको भेला
कालिकामा उद्योगीहरुको भेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस