लुइस स्वारेजको गोलमा पहिलो हाफमा लिएको अग्रतालाई जोगाउँदै उरुग्वेले दोस्रो चरणको यात्रा तय गरेको हो । उरुग्वेका लागि सयौं खेलका रुपमा रहेको त्यो खेलमा स्वारेजले २३ औं मिनेटमा गोल गरेका थिए ।कर्नरमा आएको बललाई स्वारेजले नजिकबाट गोलमा परिणत गरेका थिए । समूह एबाट रसिया लगातार दुई खेल जित्नै प्रि क्वार्टरमा पुग्ने पहिलो टोली बनेको छ ।
रसिया र उरुग्वेले समान ६ अंक जोड्दा साउदी अरेबिया र इजिप्ट अंकविहिन छन् । उरुग्वेले पहिलो खेलमा इजिप्टलाई पनि १–० ले हराएको थियो । रसियाले पहिलो खेलमा साउदी अरेबियालाई ५–० ले हराएको थियो । दोस्रो हारसँगै साउदी अरेबिया विश्व कपबाट बाहिरिएको छ ।
साउदी अरेबिया, इजिप्ट र मोरोक्कोपछि विश्व कपबाट बाहिरिने तेस्रो राष्ट्र बनेको छ । समूह चरणमा अब उरुग्वे र आयोजक रसियाबीच समूह विजेताका लागि प्रतिस्पर्धा हुनेछ । अर्को खेलमा प्रतियोगिताबाट बाहिरिएको साउदी अरेबिया र इजिप्टबीच प्रतिस्पर्धा हुनेछ ।