भरतपु्र, ५ असार ।
विश्वकप समूह ‘एच’को पहिलो खेलमा जापानले कोलम्बियालाई २-१ ले निराश पारेको छ । कोलम्बिया खेलको चौथो मिनेटमै १० खेलाडीमा सीमित भएको थियो ।
कार्लोक्स सान्चेजले ह्यान्ड बल गरेसंगै उनले रातो कार्ड पाए भने जापानले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई सिन्जी कागावाले परिणत गर्दै जापानलाई अग्रता दिलाए । तर खेलको ३९ औं मिनेटमा जुवान क्विन्टरोको फ्रि-किक गोलमा कोलम्बिया खेलमा फर्कियो ।
कोलम्वियाका मिडफिल्डर कार्लाेस साञ्चेज रसिया विश्वकपमा रातो कार्ड खाने पहिलो खेलाडी बनेका छन् । सो कार्ड विश्वकप इतिहासमा दोस्रो छिटो रातो कार्ड पनि हो ।
तर दोस्रो हाफमा जापानले फेरी अग्रता लिंदै कोलम्बियालाई झट्का दिएको हो । ७३ औं मिनेटमा काइसुके होन्डाको गोलमा युवा ओसाकोले गोल गर्दै जापानलाई जित दिलाएका हुन् ।