P2Uहाम्रा बारेमा
Logo
गृहपृष्ठ
    • प्रमुख समाचार
    • प्रदेश सभा निर्वाचन
    • प्रबिधि
    • कृषि
    • खेलकुद
    • विश्व
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
    • मनोरञ्जन
    • साहित्य
    • अन्य
      • समसामयिक
      • चितवन बिशेष
      • रोचक
      • सम्पादकीय
      • प्रवास
ePaper

चुनावको माहोलमा गीतानगर रमायो साहित्यमा


भरतपुर,७ जेेठ।

योङ्ग नेपाल भरतपुर १३ को आयोजनामा रचना वाचन तथा साहित्यिक छलफल कार्यक्रम गरिएको छ । गीतानगर चम्पानगर स्थित हिमालय दण्डपाणी न्यापाने माध्यामिक विद्यालयमा भएको कार्यक्रममा अग्रज र अनुज साहित्यकारको जमघट भएको थियो ।
सहित्यकार, साहित्य प्रेमी, गायक, संगितकारले आआफ्ना रचना सुनाएका थिए । स्थानीय साहित्यको पहिचान गरि संरक्षण एवम् सम्र्वद्धनमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको संस्थाका अध्यक्ष विवेक पोखरेलले जानकारि दिए ।
कार्यक्रममा अग्रज साहित्यकार रविकिरण निर्जीव, हरिहर सविता रेग्मी, ध्रुव किरण रेग्मी, यदुनाथ भट्टराई, महेन्द्र कोइराला, बैजनाथ देवकोटा, तुलसी पण्डीत, ठाकुर प्रसाद सिग्देल, विष्णुबाबु देवकोटा, तारानाथ सुवेदी, शोभाखर सुवेदी, दिलबहादुर गोदार लगायतको सहभागिता थियो । सप्तगण्डकी बहुमुखी क्याम्पसको साहित्यिक विम्व यात्रा टिम पनि सहभागि थियो । कार्यक्रममा स्थानीय गायक प्रदीप ढकालले आफ्नो प्रस्तुति दिएका थिए । संस्थाका सदस्य सरोज कोइरालाले साहित्य सृजनाको विकास गर्न स्थानीय रुपमा बुलेटिन प्रकाशन गर्नेबारे छलफल समेत भएको बताए । योङ्ग नेपालका सचीव अस्विन धितालले संस्थाको काम कर्तव्य र उद्देश्यबारे प्रकाश पारेका थिए ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

ताजा अपडेट

  • बेमौसममा पनि भैंसी ब्याउने प्रविधि
  • विकास खर्च आधा पनि भएन
  • सम्पादकीय : पुनर्वासमा ढिलो गति
  • Kayakairan 12 Baisakh 2075
  • Kayakairan 11 Baisakh 2075
कायाकैरन दैनिक khabarchitwan.com
© 2017 Kayakairan Dainik | All rights reserved
Website By : WEBSOFTNEPAL Pvt. Ltd.