भरतपुर, २२ मंसिर ।
नेपाल शुक्रबार युएईसँगको विश्व विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको दोस्रो खेलमा ६३ रनले पराजित भएको छ । साथै ८ राष्ट्र सम्मिलित च्याम्पियनसिपमा नेपाल सातौं भएको छ ।
जवाफमा आएको नेपाल ४२.२ ओभरमा १ सय ३२ रनमा सीमित भयो । नेपालबाट ज्ञानेन्द्र मल्लले ४२ र विनोद भण्डारीले २५ रन बनाए ।
नेपाल बुधबार भएको पहिलो खेलमा पनि युएईसँग ७ विकेटले पराजित भएको थियो ।
नेपालले फेब्रुअरीमा विश्व क्रिकेट लिग डिभिजन २ का पुछारका ४ टोलीहरू केन्या, युएई र नामिबियासँगैं ओमान र क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ । डिभिजन २ का शीर्ष दुई टोली मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन् ।