चितवन, २१ मंसिर ।
निर्वाचन आयोगले आज मतदान भएका अधिकांश जिल्लाको मतगणना शुक्रबारबाट मात्र सुरु हुने जनाएको छ । मंसिर १० गते पहिलो चरणको मतगणना भने आजै साँझबाट सुरु हुनेछ ।
आयोगका अनुसार निर्वाचन क्षेत्रका सबै मतपेटिका गणनास्थलमा आइसकेमा र राजनीतिक सहमति जुटेमा भने आजै मतगणना सुरु हुनेछ ।
आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘आज मतदान भएका ठाउँको मतपेटिकाहरु गणना सेन्टरमा आइसकेपछि मात्रै गणना सुरु हुन्छ ।’
आयोगले यसपटक प्रत्यक्षतर्फको ४ दिनभित्र र समानुपातिकको मतगणना आठ दिनभित्र सक्ने लक्ष्य लिएको छ । यसका लागि प्राविधिक र व्यवस्थापकीय तयारी गरिएको तर राजनीतिक सहमति र सहयोग आवश्यक पर्ने प्रवक्ता ढकालले बताए ।