भरतपुर, ८ मंसीर ।
काठमाडौं विशालनगरस्थित अरोगिन हेयर क्लिनिकले चितवनमा निःशुल्क कपाल प्रत्यारोपण परामर्श दिदैछ । भरतपुर गार्डेन रिर्सोटमा हुने परामर्श शनिबार विहान १० बजेदेखि सुरु हुनेछ । कपाल विज्ञ कृतिश्मा अर्यालको समूहले परामर्श दिनेछ । परामर्श आइतबारसम्म चल्नेछ ।
विभिन्न कारण असमयमै कपाल गुमाउन पुगेकाहरुलाई लक्ष्य गरी नेपालमै कपाल प्रत्यारोपण सेवा दिइन थालेको छ । विगत दुई वर्षदेखि काठ्माण्डौमा सञ्चालनमा आएको क्लिनिकले देशव्यापी परामर्श अभियान समेत चलाइरहेको हो । अरोगिनले परामर्श लिन आउनेलाई विभिन्न स्किम समेत दिने भएको छ । परामर्शमा कपाल प्रत्यारोपण प्रक्रिया, लाग्ने शुल्क, कपाल सुरक्षा लगायतकाबारेमा जानकारी दिइनेछ ।
प्रत्यारोपण गर्न चाहनेका लागि विशेष छुटको समेत व्यवस्था गरिएको अरोगिनका प्रमुख कार्यकारी अधिकृत कृष्ण महतले जानकारी दिए । अरोगिनमा फोलिक्युलर युनिट एक्स्ट्रयाक्सन(एफयुई) विधिबाट कपाल प्रत्यारोपण गरिन्छ । यो अत्याधुनिक प्रविधि हो । यसमा एक–एक फोलिकुलर युनिट वा ग्राफ्टलाई टाउको पछाडिको भाग वा दाह्रीबाट निकालिन्छ । कपाललाई निकालेर तुरुन्तै प्रत्यारोपण गरिन्छ । यसले कपाल मर्ने संभावना कम हुन्छ । कपाल प्रत्यारोपण गर्दा टाउकाको पछाडिपट्टिको भागको कपाल जसलाई ‘एन्ड्रोजेन इन सेन्सेटिभ एरिया’ भनिन्छ, त्यही भागको कपाल निकालेर कपाल झरेको भागमा एक–एकवटा ग्राफ्ट प्रत्यारोपण अर्थात् रोप्ने काम गरिन्छ ।
भरतपुरमा कपाल प्रत्यारोपण सम्बन्धि निशुल्क परामर्श
भरतपुरमा कपाल प्रत्यारोपण सम्बन्धि निशुल्क परामर्श
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस