भरतपुर, २९ असोज ।
अनाथ बालिकाहरुका लागि सहयोग गर्न भन्दै चितवन ग्रीन लियो क्लबले भोलि सोमबार सांस्कृतिक कार्यक्रम गर्दैछ ।
भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा आयोजना गरिने कार्यक्रमलाई ‘पिजोन चितवन ग्रीन साँझ–२०७४’ नाम दिइएको छ ।
भोलि सोमबार अपराह्न ४ बजे सुरु हुने कार्यक्रमका लागि २ सय, ५ सय र १ हजार रुपैयाँका तीनथरि टिकट राखिएका छन् । कार्यक्रमबाट भएको आम्दानीबाट अनाल बालिकाहरुलाई सहयोग गर्ने उद्देश्य राखिएको आयोजक क्लबका अध्यक्ष दीपक ढुंगानाले जानकारी दिए ।
कार्यक्रममा कलाकारहरु लोकगायक पशुपति शर्मा, हास्य कलाकार सन्दीप क्षेत्री, नेपाल आइडलका टप सिक्स सहभागी सुरज थापा, नेपाल आइडलकै सहभागी विद्या तिवारी, अलि ब्रदर्स, ¥यापर फ्लाईङ वर्ड्सलगायतले मनोरञ्जन गराउने छन् ।