वडा कार्यालयको सिलान्यास
भरतपुर /२७
भरतपुर महानगरपालिका वडा न ८को गौरिगन्ज चोकमा सूबिधा संपन्न वडा कार्यालय भवनको आइतबार महानगरकी मेयर रेनु दाहालले शिलान्यास गर्नुभयो ।कुल एक करोडको लागतमा निर्माण थालियको भवन यो बर्ष पहिलो तलाको निर्माण सम्पन्न गरिसक्ने र आगामी दुइबर्ष भित्रमा चारतला निर्माण सम्पन्न गरिने जानकरि दिनु भयो।
भवनको शिलान्यास गर्दै मेयर दाहालले वडा कार्यालय नभएका वडाहरूको यसै बर्ष कार्यालय भवन निर्माणकार्यलाइ प्राथमिकताका साथ अगाडी बढाउने बताउनु भयो । मेयर दाहालले कार्यालयहरू ब्यावस्थित बनाउदै नगरबासीहरूलाइ बढी भन्दा बढी सेवा प्रबाहगर्न आग्रह गर्नुभयो । कार्यक्रममा उपमेयर पार्बती शाहाले वडाबासीहरूका गुनासाहरू प्राथमिकताका आधारमा संबोधन गर्न आग्रह गर्नुभयो ।
वडा अध्यक्ष दामोदर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काग्रेसका नेता जगन्नाथ पौडेल ,माओबादीकेन्द्रका कृष्ण प्रजापती लगायतका बक्ताहरूले वडाको समग्र बिकासमा भूमिका खेल्न आग्रह गरेका थिए।
महानगरकी मेयर रेनु दाहालले वडा कार्यालयको सिलान्यास
महानगरकी मेयर रेनु दाहालले वडा कार्यालयको सिलान्यास
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस