भरतपुर,२ भदौ ।
उद्योग वाणिज्इ संंघ–चितवनले विभिन्न व्यक्ति तथा संस्थाबाट संकलित राहत सामग्री भरतपुर महानगरपालिका कार्यालयलाई हस्तान्तरण गरेको छ ।
देशका विभिन्न स्थानहरुमा परेको अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित सर्वसाधारणलाई सहयोग गर्ने उद्देश्यले संघले सहयोग आह्वान गरी सो राहत जुटेको थियो । बिहीबार संघको कार्यालय परिसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललाई संघका अध्यक्ष राजन गौतमले ती सामग्री हस्तान्तरण गरे ।
संघका पदाधिकारी तथा कार्यसमितिबाट नगद १ लाख ५० हजार, निर्माण सामग्री व्यवसायी संघबाट २ लाख ३० हजार बराबरको खाद्यान्न, फेन्सी व्यवसायी संघ र फेन्सी साकोसबाट ८० हजार बराबरको खाद्यान्न, अधिकृत व्यवसायी संघबाट ८० हजार रुपैया“ बराबरको भा“डावर्तन, मारवाडी युवा मञ्चबाट ५२ हजार बराबरको भा“डावर्तन र खाद्यान्न हस्तान्तरण गरिएको हो ।
त्यस्तै साईकल व्यवसायी संघबाट नगद ७५ हजार १ सय ५०, प्लाष्टिक व्यवसायी संघबाट नगद ३० हजार र किराना व्यवसायी संघबाट १ लाख २० हजार बराबरको खाद्यान्न तथा जिन्सी गरी जम्मा ८ लाख १५ हजार १ सय ५० रुपैया“ बराबरको राहत सामग्री संकलन भएको संघले जनाएको छ । खाद्यान्न, भाडावर्तनलगायत अत्यावश्यक सामग्री हस्तान्तरण गर्दै संघका अध्यक्ष गौतमले विपद्को बेला मानवीय सहयोग गर्न उद्योगी तथा व्यवसायीको यो सक्रियताप्रति धन्यवाद ज्ञापन गरे ।