P2Uहाम्रा बारेमा
Logo
गृहपृष्ठ
    • प्रमुख समाचार
    • प्रदेश सभा निर्वाचन
    • प्रबिधि
    • कृषि
    • खेलकुद
    • विश्व
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
    • मनोरञ्जन
    • साहित्य
    • अन्य
      • समसामयिक
      • चितवन बिशेष
      • रोचक
      • सम्पादकीय
      • प्रवास
ePaper

उपरदाङगढीमा म्युजिक भिडियो

भरतपुर, २९ वैशाख ।
नारायणी कला मन्दिरका नृत्य निर्देशक सुमित लामा म्युजिक भिडियो निर्देशक पनि बनेका छन् । वर्षौंदेखि कला मन्दिरमा नृत्यकला सिकाउँदै आएका लामाले ‘तिमीभन्दा राम्री’ बोलको आधुनिक गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् ।
सन्दीपकुमार पौडेल र रेखा पौडेलले गाएको आधुनिक गीतको भिडियो उनले चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा खिचेका छन् । “चितवनको ऐतिहासिक स्थल भिडियोमा देखाउन मन लाग्यो”, उनले भने, “त्यहाँको लोकेसन र सिन पनि निकै राम्रो छ ।” भौगोलिकरुपमा अप्ठ्यारो उपरदाङगढी जान निकै दुःख भएको उनले बताए ।
भिडियो खिचेर सकिएको र केही दिनमा बजारमा आउने उनले जानकारी दिए । म्युजिक भिडियोमा कला मन्दिरकै कलाकार मुक्ति अधिकारी र यमु थापाले मोडलिङ गरेका छन् । गोविन्द उपाध्यायले लेखेको यो गीतमा संगीत रेखा पौडेलले दिएकी छन् ।


यस्तै सुमितसँगै मिलेर रवीन्द्र बरालीले निर्देशन गरेको अर्को म्युजिक भिडियो ‘टाढा छु म’ आधुनिक गीत पनि छिट्टै बजारमा आउँदैछ । चितवन र नवलपरासीका सुन्दर दृश्य समेटिएको यो गीत अञ्जु पन्त र पुष्पराज बरालले गाएका छन् भने संगीत पनि पुष्पराजले नै दिएका छन् । गीतमा रुकमान्द खरेल र एरिका एमले मोडलिङ गरेका छन् ।

“भिडियो खिचेर सकिएको छ”, बरालीले भने, “अब केहीदिनमै भिडियो आउनेछ ।” बरालीले अरु गीतको पनि म्युजिक भिडियो निर्देशन गरिरहेका छन् । छिट्टै नै चलचित्र पनि निर्देशन गर्ने उनले बताए ।

यी दुवै भिडियोको छायाँकन नरेन्द्र सिंहले गरेका हुन् ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

ताजा अपडेट

  • बेमौसममा पनि भैंसी ब्याउने प्रविधि
  • विकास खर्च आधा पनि भएन
  • सम्पादकीय : पुनर्वासमा ढिलो गति
  • Kayakairan 12 Baisakh 2075
  • Kayakairan 11 Baisakh 2075
कायाकैरन दैनिक khabarchitwan.com
© 2017 Kayakairan Dainik | All rights reserved
Website By : WEBSOFTNEPAL Pvt. Ltd.