भरतपुर, ८ भदौ
शलिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गरिरहेको चितवन प्रहरीले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको सम्बन्धमा अनुसन्धानको फाइल सरकारी वकिलको कार्यालयमा पेश गरेको छ ।
फाइल पेश गरेपछि कुरा गर्दै केन्द्रीय अनुसन्धान व्युरोका एसपी दिपक रेग्मीले तीनै जनालाई ‘ग्रेड’ तोकेर सजाय माग गरिएको जानकारी दिए । ‘सबैलाई समान दोषी देखिएन’, उनले भने, ‘दोषी देखिए अनुसारको ग्रेडिङ गरेर बुझाएका छौं ।’
एसपी रेग्मीका अनुसार तीनै जनाले पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अनुसन्धान प्रतिबेदनमा उल्लेख छ । सरकारी वकिलको कार्यालयले फाइल अध्ययन पश्चात जिल्ला अदालतमा अभियोजन पत्र दर्ता गर्ने तयारी गरेको छ । सरकारी वकिलले अभियोजन पत्र पेश गरेपछि अदालतले थुनछेक बहसका लागि पेशी तोक्नेछन् ।