भरतपुर, ३२ साउन
प्रहरी हिरासतमा रहेका रवि लामिछानेको रिहाईको माग गर्दै
प्रदर्शनमा उत्रिएका समर्थक र प्रहरी बिच झडप भएको छ । प्रर्दशनकारीले प्रहरीको मोबाइल गस्तीको गाडी तोडफोड गरेपछि झडप भएको छ । प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी चार्ज गरेको छ । सो क्रममा प्रहरीले चार राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।