विप्लव काफ्ले
भरतपुर, ८ साउन
चितवनमा मासुको मूल्य आकाशिएको छ । हालसम्मकै अधिक मूल्य तिर्न उपभोक्ता बाध्य भएका छन्् । क्वारेन्टाइनमा कडाइ गरेपछि खसी बोकाको आयात घटेको छ । मासुको मूल्य बढेको छ । “आयात रोकिएपछि गाउँ पुगेर खसी बोका ल्याउनुपरेको छ”, खसी बोका मासु व्यवसायी संघ चितवनका संस्थापक अध्यक्ष उद्धव तिम्सिनाले भने, “लागत बढेपछि मूल्य बढाउन बाध्य छौँ ।”
साउन मासुका लागि ‘अफसिजन’ हो । साउनमा दैनिक १ सय खसी बोका खपत हुने उनले बताए । अन्य बेला दैनिक ७ सय वटा खपत हुन्छ । बोसो सहितको प्रति केजीको ८ सय रुपैयाँ, बोसो रहितको ९ सय रुपैयाँ थियो । फागुन यता प्रति केजी ९ सय रुपैयाँ पुगेको छ । बोसो रहितको १ हजार रुपैयाँ पर्छ । “भारतबाट ल्याइएका खसीबोकाको मासुको तुलनामा नेपाली खसी बोकाको मासुमा खेर जाने भाग धेरै हुन्छ”, उनले भने, “भारतीयको सरदर ३८ देखि ४४ प्रतिशत कम तौलको मासु आउथ्यो, तर नेपालीको करिव ४८ प्रतिशत कम मासु निस्किन्छ ।”
जिउँदो खसीबोकाको प्रति केजी ४ सय ८० रुपैयाँदेखि ५ सय ८० रुपैयाँ पर्ने गरेको बताए । प्रति गोटा खसीबोकाको तौल २५ देखि ३५ केजी हुन्छ । “धेरै मौज्दात राख्ने वातावरण छैन, खपत अनुसारको पाउन पनि मुस्किल छ”, उनले भने, “व्यवसायीनै किसानका दैलोमा पुगेर जिउँदो खसीबोका ल्याउनुपरेको छ, जसले लागत बढाएको छ ।” भारतको उत्तरप्रदेशमा उत्पादित खसीबोका चितवनका बजारमा विगतमा निकै खपत हुने गर्थे । तर, फागुनदेखि स्वदेशी खसीबोकाले बजार पाउन थालेका छन्् । “गाउँतिर व्यवसायीक उत्पादन धेरै छैन, बजारको माग धान्नै मुस्किल छ”, उनले भने, “दसैका बेला दोब्बर खपत हुने सिजन हो, तर यहाँको उत्पादनले थेग्ला जस्तो देखिदैन ।” देशभित्रै बाख्रापालनलाई व्यवसायीकता दिन सरकारले किसानलाई प्रोत्साहनको नीति अपनाउनुपर्ने बताए ।
उनका अनुसार चितवनका व्यवसायीले झण्डै देशभरका १५ हजार किसानसँग समन्वय गरेर खसीबोका ल्याउने गर्छन्् । हेटौडा, नीजगढ, नवलपुर, पश्चिम चितवन, माडीबाट खसीबोका भरतपुर, नारायणगढका बजारमा खपत हुदै आएका छन्् । खसीबोका मासु व्यवसायी संघ ०६९ सालमा गठन भएको थियो । यो संघमा २ सय व्यवसायी आवद्ध छन्् ।
कुखुराको मासुको मूल्य समेत बढेको छ । भरतपुर–३ कमलनगरको मनउवर मिट सप्लायर्सका सञ्चालक कसिम अन्सारी कुखुराको मासुको मूल्य बढेको बताउँछन्् । “३ सय ६० रुपैयाँ पुगेको छ, चाहेजति कुखुरानै नपाएपछि मूल्य बढेको हो”, उनले भने, “माग बढ््यो, उत्पादन बढेन, त्यसको प्रभाव मूल्यमा प¥यो ।” २ सय ८० रुपैयाँ पर्ने कुखुराको मासु अहिले ह््वात्तै बढेको हो । बजारमा प्रति केजीको ३ सय ३० देखि ३ सय ६० सम्म पर्छ । गत वर्ष प्रति केजीको ४ सय रुपैयाँसम्म पुगेको थियो । “तरकारीमा विषादीको हल्लाले अधिकाँसले थोरै मासु भएपनि खरिद गरौँ भन्दै आउँछन््”, उनले भने, “अफसिजनमा समेत माग बढ््यो, उत्पादन चाहेजति भएन ।”
नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष प्रा.डा. होमबहादुर बस्नेतले पोल्ट्रीको आधा हिस्सा ओगट््ने चितवनमै कुखुराको उत्पादन करिव ७५ प्रतिशतले गिरावट आएको बताए । “वर्ड फ््लुको त्रासले किसानको मनस्थिति कमजोर बन्यो, चल्ला किनबेचमै कमी भयो”, उनले भने, “अहिले उत्पादननै घट््यो, अझै ७ महिना अभाव कायमै रहन्छ ।” असार साउनमा कम खपत हुने सोचले किसानले डेढ महिना पहिलेनै थोरै मात्रै चल्ला राखेका थिए । जसले कुखुराको मासु बढाएको छ ।
२ केजी तौलको कुखुरा तयार गर्न करिव ३५ दिन लाग्छ । “चितवनमा हप्तामा हाल मुस्किलले ७ लाख चल्ला उत्पादन भएको अवस्था छ”, उनी भन्छन््, “असार, साउन ‘अफसिजन’ पनि हो, त्रसिद मानसिकता र अफसिजनका कारण उत्पादनमा गिरावट आयो ।” गत चैत्रमा मान्छेमा वर्ड फ््लुका कारण मान्छेको ज्यान गएको पुष्टी भएको थियो । चितवनमा १ सय बढी ह््याचरी मार्फत चल्ला उत्पादन हुने गर्छ । करिव १२ हजार ब्रोइलरपालक किसान छन्् । “दाना बनाउँदा करिव ६० प्रतिशत प्रयोग हुने मकैको मूल्यनै बढेको छ, जसले दानाको मूल्यनै बढ््यो”, उनले भने, “प्रति केजी दानमा २÷३ रुपैयाँ बढेको छ ।” दाना बनाउन चाहिने कच्चा पदार्थका लागि भारतमै निर्भर हुनुपर्ने अवस्था छ । २ केजीको कुखुरा तयार गर्न सरदर ३ देखि ४ केजी दाना चाहिन्छ । अहिले कुखुरा तयार गरेका किसानले भाउ पाएको उनको भनाई छ । “१०, १२ रुपैयाँ पर्ने चल्ला अहिले ३५, ४० रुपैयाँ पर्न थालेको छ”, उनले भने, “कुखुरा बेच्दा २ सय रुपैयाँसम्म परेको छ, अण्डाको मुल्यमा पनि सुधार छ ।”
‘अफसिजन’ मै मासुको मूल्य आकाशियो
‘अफसिजन’ मै मासुको मूल्य आकाशियो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस