भरतपुर, १९ असार
मैयादेवी कन्या कलेज भरतपुरको प्रथम कलेजसभाबाट टंकनाथ पौडेल पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । ७६ जनाको कलेज सभा सदस्यले पौडेललाई पुनः जिम्मेवारी दिएका हुन् । समाजसेवी मैयादेवी श्रेष्ठले स्थापना गरेको सो कलेजमा हाल करिव १ हजार छात्रा अध्ययनरत छन् ।
व्यवस्थापन र शिक्षा संकायमा स्नातकोत्तरसम्म पढाई हुन्छ । प्राविधिक तर्फ नर्सिङ पढाई हुने गरेको छ । पौडेल यसअघि २०७३ सालमा अध्यक्ष बनेका थिए । पौडेल विभिन्न संघसंस्थामा आवद्ध छन् । उनी सामाजिक कार्यमा अग्रसर हुदै आएका छन् । कलेजसभामा कलेजका संस्थापक संरक्षक मैयादेवी श्रेष्ठ, सहसंरक्षक प्रेमकुमार श्रेष्ठ, संस्थापक अध्यक्ष रामकृष्ण घिमिरे, भरतपुर–१० का वडाध्यक्ष अरुणपीडित भण्डारी लगायत सहभागि थिए ।
कलेजसभाकै अवसरमा १ करोड बराबरको अक्षयकोष बनाइने घोषणा भएको छ । अमेरिका निवासी कृष्णभाई प्रधानले पठाएको २० लाख रुपैयाँ प्रेमकुमार श्रेष्ठ मार्फत कोषमा हस्तान्तरण गरिएको थियो । समाजसेवी उमाशंकर अग्रवालले १ लाख १ हजार रुपैयाँ बराबरको चेक अक्षयकोषलाई हस्तान्तरण गरे । नवनियुक्त अध्यक्ष पौडेलले अक्षयकोष मार्फत गरिब, विपन्न, अपाङ, दुर्गम क्षेत्रका छात्रालाई अध्ययनमा प्रोत्साहन गर्न लगानी गरिने बताए । उनले कलेजको शैक्षिक नतिजा उत्कृष्ट बनाउन निरन्तर लागिपर्ने बताए । कलेजको १९ सदस्यीय सञ्चालक समितिलाई छिटै पूर्णता दिइने बताए ।
मैयादेवी कलेजमा पुनः टंकनाथ
मैयादेवी कलेजमा पुनः टंकनाथ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस