भरतपुर, २८ फागुन
उद्योग वाणिज्य संघ–चितवनले चितवन जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आफ्ना गतिविधि केन्द्रित गरेको कजनाएको छ ।
सोही क्रममा संघले १५ औं नियमित बैठक इच्छाकामना गाउँपालिकाको इच्छाकामना मन्दिर क्षेत्रमा आयोजना गरी पर्यटन प्रवद्र्धनसम्बन्धी छलफल गरेको छ । जिल्लाका ७ वटै स्थानीय तहमा आन्तरिक तथा बाह्य पर्यटकका लागि मनोरम दृष्यलगायत अनुसन्धनात्मक स्थल रहेपनि यिनीहरुको प्रचार नभएकाले प्रगति नभएकोले प्रवद्र्धनमा सहयोग गर्न लागेको संघका अध्यक्ष प्रधानले बताए । “इच्छाकामना पनि पर्यटकीय हिसाबले महत्वपूर्ण स्थान हो”, उनले भने, “त्यसैले यस क्षेत्रमा आन्तरिक पर्यटनको विकास गर्ने धारणाले आफ्नो बैठक तथा अध्ययन अवलोकन कार्यक्रम सञ्चालन गरेको हो ।”
बैठकपछि इच्छाकामनाका लामो झरना, लोक गुफालगायत विभिन्न पर्यटकीय स्थलको अवलोकन पनि गरिएका छन् । संघले सार्वजनिक–निजी–साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय निकायसँग मिलेर पर्यटन प्रवद्र्धनसम्बन्धी के कस्ता कार्यक्रम गर्न सकिन्छ भन्ने सन्दर्भमा इच्छाकामना उद्योग वाणिज्य संघसँग छलफल गरेको छ । छलफलमा नेपाल भ्रमण वर्ष–२०२० लाई प्रवद्र्धन गर्न वार्षिक कार्ययोजना तय गरी पर्यटन प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्नेबारे बहस भएको पर्यटन प्रवद्र्धन समिति संयोजक अशोक अधिकारीले बताए ।
संघले हालै सम्पन्न चितवन महोत्सव–२०७५को अवसरमा ७ वटै स्थानीय तहमा भएका विभिन्न ५० स्थानको विवरणसहितको ‘पर्यटन गाईडबूक’ प्रकाशन गरेको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धनमा उवासंघ
आन्तरिक पर्यटन प्रवद्र्धनमा उवासंघ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस