२२ कात्तिक, भरतपुर । तिहारमा हुने जुवातास नियन्त्रण अभियानमा लागेको चितवन प्रहरीले जुवाखालबाट २३ जनालाई पक्राउ गरेको छ । खालबाट ४ लाख ५५ हजार ९५० रुपैयाँ पनि बरामद भएको छ ।
आज राति भरतपुर म न पा वडा नं.१६ शरणपुरमा पैसाको हारजित हुने गरी बाजी थापी कौडा खेली रहेको अवस्थामा कौडा १६ थान , नगद रु.१,४९,६८५/- रुपैयासहित १९ जना र भरतपुर म.न.पा.वडा नं.१५ फुलवारी कमलपोखरीबाट कौडा १६ थान र नगद रु.३,०६,२६५/- रुपैयाँसहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ परेका निजहरु उपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गर जुवा कसुरमा थप अनुसन्धान कारवाही भई रहेको चितवन प्रहरीले जनायको छ ।