P2Uहाम्रा बारेमा
Logo
गृहपृष्ठ
    • प्रमुख समाचार
    • प्रदेश सभा निर्वाचन
    • प्रबिधि
    • कृषि
    • खेलकुद
    • विश्व
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
    • मनोरञ्जन
    • साहित्य
    • अन्य
      • समसामयिक
      • चितवन बिशेष
      • रोचक
      • सम्पादकीय
      • प्रवास
ePaper

इञ्जुरी समयको गोलले ब्राजिल विजयी

भरतपुर, ८ असार ।

कोष्टारिकालाई २-० गोलले हराउँदै ब्राजिल नकआउट नजिक पुगेको छ। रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबलमा शुक्रबार आफ्नो दोस्रो खेलमा ब्राजिलले कोष्टारिकालाई हराउँदै अन्तिम १६ प्रवेशको सम्भावना बलियो बनाएको छ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलको ब्राजिलका लागि अन्तिम हाफको इन्जुरी समयमा कौटिन्हो र नेइमारले गोल गरे।

पिटर्सवर्ग स्टेडियममा भएको खेलमा अधिकांश समय बल नियन्त्रणमा लिएको ब्राजिलले गोल ९१ मिनेटसम्म कुर्नु परेको थियो। ९१ औं मिनेटमा कौटिन्होले गोल गरे भने इन्जुरी समयको अन्तिम मिनेटमा नेइमारले गोल गरे।

समूहको पहिलो खेलमा आशा अनुसारको प्रदर्शन गर्न नसकेको ब्राजिल आज सेन्ट पिटर्सवर्ग स्टेडियममा कोष्टारिकाविरुद्ध आफ्नो स्वभाविक खेल देखाए पनि फिनिसिङ कमजोर हुँदा २२ पटक पोष्टमा प्रहार गरेपनि गोल संख्या थप्न सकेन।

पहिलो खेलमा पराजित भएको कोस्टारिका लगातार पराजित हुँदै लगभग प्रतियोगिताबाट बाहिरिएको छ।

यसअघि पहिलो खेलमा ब्राजिललाई स्विट्जरल्यान्डले बराबरीमा रोकेको थियो। कोस्टारिकालाई भने सर्वियाले पराजित गरेको थियो।

फोटोः फिफा

प्रतिकृया दिनुहोस

लोकप्रिय

ताजा अपडेट

  • गन्थन: शुद्ध साकाहारी रोमान्स–२
  • २०७५ फागुन १० गते शुक्रवार
  • महानगरभित्रको सहकार्य टुट्दै
  • आर्थिक समृद्धिका लागि निजी क्षेत्र उत्साही
  • चितवनका पानी उद्योगले लगानी बढाउँदै
कायाकैरन दैनिक khabarchitwan.com
© 2017 Kayakairan Dainik | All rights reserved
Website By : WEBSOFTNEPAL Pvt. Ltd.